विश्वका केही मान्छेसँग यति धेरै पैसा छ कि उनीहरू विश्वका कयौँ देशको अर्थतन्त्रलाई धक्का दिन सक्ने हैसियत राख्छन् ।
विश्वका धनाड्यहरूका शोख पनि एकै खालका छैनन् । उनीहरूका शोख पनि ठूला-ठूला नै हुन्छन् । कोही महंगा बस्तुहरू खरिद गर्छन् भने कोही ठूला-ठूला घर तथा बंगला किन्न रुचाउँछन् । अनि कोही भने सुनैका कपडा, सुनैका ट्वाइलेट प्रयोग गर्नेसम्मका छन् ।
केही धनीहरूको शोख भने कार कलेक्सन गर्ने हुन्छ । उनीहरूको ग्यारेजमा १०/२० होइन सय होइन हजारौँको संख्यामा कारहरूको संग्रह रहेको हुन्छ ।
आज हामी एक यस्ता प्रधानमन्त्रीको बारेमा कुरा गर्दैछौँ जो धनका कारण विश्वभरमा चर्चित छन् । यी प्रधानमन्त्रीसँग एक/दुई होइन २००० महंगा महंगा कारको कलेक्सन छ ।
दुई हजारभन्दा बढी कारका मालिक
यहाँ ब्रुनाइका प्रधानमन्त्री तथा सुल्तान हस्सनल बोल्किअहको कुरा गर्न खोजिएको हो । यी प्रधानमन्त्रीलाई महंगा कार किन्ने र त्यसको संग्रह गरेर राख्ने शोख छ । यही शोख पूरा गर्ने क्रममा उनले आफ्नो ग्यारेजमा २ हजारभन्दा बढी महंगा कार संग्रह गरिसकेका छन् ।
यी प्रधानमन्त्रीसँग यतिधेरै महंगा कार छन् कि त्यसलाई बेचेर कयौँ देशको अर्थतन्त्रभन्दा बढी रकम आउन सक्छ । उनीसँग खर्बौँ मूल्यका २ हजारभन्दा बढी कार छन् ।
उनका कतिपय कारमा त सुनको जलप समेत लगाइएको छ । यसबाट सहजै अनुमान गर्न सकिन्छ कि उनको शोख कतिसम्मको रहेछ भनेर ।
खर्बौंका मालिक
यी प्रधानमन्त्रीसँग कार नै खर्बौंका छन् भनेपछि स्वाभाविक रूपमा उनी खर्बौंका मालिक भए । उनीसँग अहिले २० बिलियन अमेरिकी डलरभन्दा बढी सम्पत्ति रहेको अनुमान गरिएको छ ।
यी प्रधानमन्त्रीसँग ६०४ भन्दा बढी त रोल्सरोय कार छन् । त्यस्तै कम्तिमा ५७४ वटा मर्सिडिज बेन्जको कलेक्सन गरेका छन् ।
एक रिपोर्टका अनुसार यीसँग फरारी ४५२, बीएमडब्लू २०९ लगायत कारको कलेक्सन छ ।
एजेन्सीको सहयोगमा ।