नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् ।
अध्यक्षका अर्का प्रतिस्पर्धी निकोलश पाण्डेलाई पराजित गर्दै धामी अध्यक्षमा निर्वाचित भएका हुन् । धामीले ११८५ मत खसेकामा ७६५ मत पाएका थिए । त्यस्तै पाण्डेले ३३७ मत ल्याएका छन् ।
अध्यक्षका अर्का प्रत्यासी हुमनाथ कोइरालाले ३२ मत पाएका थिए ।
त्यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा सिंह प्यानलका आङदोर्जी लामा महासचिवमा रोशन दाहाल निर्वाचित भए ।
त्यस्तै एशोशिएट उपाध्यक्षमा रामजी पन्त, प्रदेश १ उपाध्यक्षमा मोहन प्रसाद अधिकारी निर्वाचित भए ।
त्यस्तै लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी, बागमती प्रदेशमा बालकृष्ण थापा, गण्डकी प्रदेशमा खेमराज मल्ल निर्वाचित भए । उनीहरू पाण्डे प्यानलका हुन् ।
उपमहासचिव नीतिगत तर्फ शिवहरि घिमिरे, आन्तरिकतर्फ नरहरि थपलिया, मधेश प्रदेशबाट शम्भु ठाकुर, बागमती प्रदेशबाट बालकृष्ण थापा, लुम्बिनी प्रदेशबाट टोपबहादुर रायमाझी, कर्णाली प्रदेशबाट रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट प्रकाश सेठी निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा हिरान श्रेष्ठ र सहकोषाध्यक्षमा सन्तोष साह निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित सिंह यसअघि पनि अध्यक्ष बनिसकेका छन् । यो उनको दोस्रो कार्यकाल हो ।