मोरङ । विराटनगर महानगरपालिकामा गठबन्धन दलका प्रमुखको उमेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले चार हजार ८३५ मतले अग्रता लिएका छन् ।
गठबन्धन दल जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उपप्रमुखका उमेदवार अमरेन्द्र यादव प्रतिस्पर्धीसँग ६ हजार ७३७ मतले पछाडि रहेका छन् ।
महानगर प्रमुखका उमेदवार कोइरालाले १९ हजार १७३, नेकपा एमालेका सागर थापाले १४ हजार ३३८, स्वतन्त्र उमेदवार उमेश यादवले ६ हजार १८७ र राप्रपाका प्रल्हादप्रसाद साहले तीन हजार ७०८ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा नेकपा (एमाले) को शिल्पा निराला कार्कीले १६ हजार ५५२, गठबन्धन दलतर्फका यादवले ९ हजार ८१५, राप्रपाको विन्दाकुमारी लुइँटेल आचार्यले चार हजार ४९३ र स्वतन्त्र उमेदवार नमिता न्यौपाने पोखरेलले ३ हजार ५४९ मत प्राप्त गरेकी छन् ।
यसैबीच, विराटनगर महानगर वडा नं १५ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश साह एक हजार ८९७ मत ल्याई निर्वाचित भएका छन् । महानगरमा अहिले वडा नं ३, ४, ५, ६, ८, ११, १२ र १४ को मतगणना भइरहेको छ ।