आज मुलुकका सातै प्रदेशमा पानी पर्ने सम्भावना छ । मौसमविद्हरूले आज मुलुकका सवै प्रदेशमा आज वर्षाको सम्भावना रहेको जनाएका छन् ।
प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायु तथा पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभावले वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी आज दिउँसो पनि प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, शनिबार राति प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
नदी नाला तथा खहरेमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्नेतर्फ महाशाखाले सचेत गराएको छ ।