कोरोना भाइरसको महामारीले उच्चरुप लिदै गर्दा एलोपेथिक उपचार पद्दति, आयुर्वेदिक उपचार पद्दति, होमियोपेथिक उपचार पद्दतिमध्ये कुन पद्धतिले राम्रो उपचार हुन्छ भन्ने बहस पनि शुरु भएको छ ।
नेपालमा कोरोनाको शुरुआती अबस्थामा होमियोपेथिकमा विश्वास गर्नेहरूले शरीरको आन्तरिक पावर बलियो बनाउने भन्दै माडवारी सेवा समाजमार्फत धेरै मानिसहरुलाई होमियोपेथिक पेथिक गोदाहरू बाँडियो । धेरै नागरिक हरुले खाए । केहि समय अत्यन्तै चर्चामा रहेको होमियोपेथिकको चर्चा आजभोलि सेलाएको छ ।
विभिन्न उपचार पद्धतिहरुमध्य सबैभन्दा पुरानो पद्धतिमा आयुर्वेद धेरै पुरानो र विश्वसनीय देखिन्छ र मानिदै आएको छ । आज आयुर्वेदिक उपचार पद्धतिबाट कोरोना र यस्तै प्रकारका रोगहरूबाट बच्न के गर्नु पर्छ भन्ने केही सटिक बुदाहरु दिएको छ ती बुदाहरु आम नागरिकहरुले पालना गर्दा पक्कै पनि राम्रो हुनेछ ।
१. दिनमा पटकपटक मनतातो पानी पिउनुस ।
२. दैनिक कम्तीमा ३० मिनेट योग, प्रणायम र ध्यान गर्ने गर्नुस ।
३. तरकारीमा लसुन, जिरा, धनिया, तेजपत्ता र बेसार प्रयोग गर्नुहोस ।
४. बिहानै दस ग्राम चेबनप्रास खानुहाेस।मधुमेह हुनेले सुगर फ्री चेबनप्राश खानुहोस् ।
५. तुलसी, दालचीनी, मरिच, सुठो र गुर्जोको चिया पिउनुहोस् ।
६. १५० मिलग्राम दूधमा आधा चम्चा बेसार मिलाएर दिनमा दुईपटक खानुहोस् ।
७. दुबै नाकमा बेलुकी पख र बिहान तिल वा नरिवलको तेल हाल्नुहोस ।
८. दैनिक दुई पटकएक चम्चा तिल वा नरिवलको तेल तीन मिनेट मुखमा राख्नुहोस र मनतातो पानीले कुला गर्नुहोस ।
९. घाँटी दुखेमा वा सुख्खा खोकि लागेमा हरियो पुदिना र ज्वानो बाफ लिनुहाेस र मह मा ल्वाङको धुलो राखेर दुई तीन पटक चुस्नुहोस ।
१०. लक्षणहरु कम नभएमा नजिकैको स्वास्थ्य सस्थामा देखाउनुहोस ।