आचार्य चाणक्य आफ्नो समयका महान् दार्शनिकका रूपमा परिचित छन् । उक्त समयमा उनले दिएका विचारहरू आज पनि उत्तिकै सान्दर्भिक रहेका छन् । जसका कारण अहिले पनि चाणक्यका विचारहरूबारे चर्चा परिचर्चा हुने गरेको छ ।
चाणक्यका विचार केवल सामान्य प्रेरक विचारका रूपमा मात्र सीमित छैनन् । बरु, हरेक प्रकारले परीक्षणपछि व्यक्त गरिएका अनमोल विचारका रूपमा रहेका हुन्छन् । जसलाई हरेक व्यक्तिले आफ्नो जीवनमा अनुसरण गरेमा सफलता पाउन सहज हुने देखिन्छ ।
चाणक्यले व्यक्त गरेका केही विचारहरूः
१. आम्दानीभन्दा बढी खर्च गरे कुवेर पनि एक दिन कंगाल हुन्छन् ।
२. अरुले गरेको गल्तीबाट पनि सिक्ने प्रयास गर्नुस् । किनकी आफैँले गरेको गल्तीबाट मात्रै सिक्नका लागि तपाईंको जीवन अत्यन्तै छोटो छ ।
३. जो व्यक्ति शक्ति कम हुँदाहुँदै पनि हार मान्दैन, उसलाई संसारको कुनै पनि तागतले हराउन सक्दैन ।
४. कुनै पनि व्यक्तिको मनमा के छ भन्ने कुरा उसको व्यवहारबाट प्रकट हुन्छ ।
५. आफ्नो गोप्य रहस्यको उजागर गर्ने बानी छ भने आजै त्यसलाई त्याग्नुहोस् । अन्यथा यो बानी तपाईं स्वयंका लागि घातक सिद्ध हुन सक्छ ।
६. कुनै पनि काम सुरु गर्नुभन्दा पहिले आफैँलाई यी तीन प्रश्न सोध्नुहोस् । म किन यसो गर्दैछु ? यसको परिणाम के हुन्छ ? के म यसमा सफल हुन्छु ?
७. भगवान मूर्तिमा होइन तपाईंको अनुभूतिमा हुन्छन् । आत्मा नै मन्दिर हो ।
८. दान दिएर कोही पनि दरिद्र हुँदैन ।
९. व्यक्तिलाई आफ्नो कर्मले महान् बनाउँछ, जन्मले होइन ।
१०. कुनै पनि व्यक्ति ज्यादै धेरै सिधासाधा हुनु लाभदायक हुँदैन । किनकी सिधा रुख नै पहिले काटिन्छन् ।
११. यो तीतो सत्य हो- हरेक मित्रताको पछाडि केही न केही स्वार्थ लुकेको हुन्छ ।