नेपाल बीमा प्राधीकरणले विभिन्न पदहरूमा कर्मचारीको माग गर्दै आवेदन खुलाएको छ ।
गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर प्राधिकरणले कर्मचारीको माग गरेको हो । प्राधीकरणले उपनिर्देशकदेखि सहायक प्रथमसम्मका पदहरूमा कर्मचारी माग गरेको हो ।
प्राधीकरणले विभिन्न ८ वटा पदहरूमा ३६ जना कर्मचारीको माग गर्दै आवेदन खुलाएको हो । जसअन्तर्गत उपनिर्देशक अधिकृत द्वितीय प्रशासनमा ३ जना, उपनिर्देशक (चार्टर्ड एकाउन्टेन्ट) अधिकृत द्वितीय प्रशासनमा १ जना र उपनिर्देशन (सूचना प्रविधि) प्रशासनमा १ जना कर्मचारीको माग गरिएको छ ।
त्यस्तै सहायक निर्देशक अधिकृत तृतीय प्रशासनमा १५ जना कर्मचारीको माग गरिएको छ । त्यस्तै सहायक निर्देशक अधिकृत तृतीय कानुनमा दुई जना कर्मचारीको माग गरिएको छ ।
सहायक निर्देशक (चार्टर्ड एकाउन्टेन्ट) अधिकृत तृतीय प्रशासनमा ३ जना, सहायक निर्देशक (सूचना प्रविधि) अधिकृत तृतीय प्रशासनमा १ जना कर्मचारीको माग गरिएको छ ।
त्यस्तै सहायक प्रथम प्रशासन पदमा १० जना कर्मचारीको माग गरिएको छ ।
बीमा प्राधिकरणले परिक्षाको माध्यम लिखित, प्रयोगात्मक र अन्तर्वार्ता (लिखित परीक्षाको माध्यम भाषा र किसिम सम्बन्धित पदको पाठ्यक्रममा तोकिएबमोजिम हुने) जनाएको छ ।
लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ भने परीक्षा केनद्र आयोगले तोकेबमोजिम हुने जनाइएको छ ।
परीक्षामा सहभागी हुन पुस २४ गतेसम्म आवेदन दिन सकिने र माघ २ सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ ।
प्राधीकरणका अनुसार प्राधिकरणको वेबसाइट https://vacancy.nib.gov.np मा गएर दरखास्त प्रणालीबाट आवेदन दिन सकिने प्राधीकरणले जनाएको छ ।