काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्डले' शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्ता गठबन्धनमा सहमति जुटेसँगै प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मन्त्रिपरिषद् विस्तार गरे पनि मन्त्रिमण्डललाई पूर्णता दिन भने प्रचण्डले सकेनन् । अझै पनि कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालयको कार्यभार प्रधानमन्त्री आफैँले सम्हालेका छन् ।
त्यसै गरी पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बनेका छन् । खड्काले रक्षा र श्रेष्ठले गृह मन्त्रालयको कार्यभार सम्हालेका छन् ।
त्यस्तै बेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकासमन्त्री, अशोककुमार राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् ।
त्यस्तै डा. प्रकाशशरण महत अर्थमन्त्री, महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका छन् ।
त्यस्तै रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री, सुदन किराँती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री, रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, सीता गुरुङ शहरी विकासमन्त्री, सुशीला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।