एजेन्सी । खगोलविद्हरुले शुक्र ग्रहमा जीवन हुनसक्ने सम्भावनायुक्त संकेतहरु प्राप्त गरेका छन् । खगोलविद्हरुलाई शुक्र ग्रहको वायुमण्डलमा एक यस्तो ग्यास मिलेको थियो जसले त्यहाँ जीवन हुनसक्ने सम्भावना देखाएको छ ।
यसलाई विश्लेषण गर्दै शुक्र ग्रहको वायुमण्डलमा शुक्ष्म जीवन रहेको हुनसक्ने सम्भावनालाई जनाएको रिपोर्ट बिबिसीले प्रकाशित गरेको छ ।
फस्फिन नामक उक्त ग्यासको अणु जो एक फस्फोरसको कण तथा तीन हाइड्रोजनको कण मिलेर बनेको छ । पृथ्वीमा फस्फिनको सम्बन्ध जीवनसँग हुन्छ । यो पेन्गुईन जस्ता जनावरको पेटमा हुने शुक्ष्म जीवसँग सम्बन्धित र कम अक्सिजनयुक्त क्षेत्रमा पाइन्छ ।
फस्फिन कारखानामा पनि बनाउन त सकिन्छ तर, शुक्र ग्रहमा काराखाना छैन र त्यहाँ निश्चित रुपमा कुनै पेन्गुइन पनि छैन ।
खगोलविद्हरु शुक्र ग्रहमा यो ग्यास त्यो पनि ग्रहको सतहको ५० किलोमिटर माथि किन छ ? ब्रिटेनको कार्डिफ विश्वविद्यालयका प्राध्यापक जेन ग्रिब्स र उनका सहकर्मी यही प्रश्न गरिरहेका छन् ।
उनीहरुले नेचर एस्ट्रोनोमी नामक एक जर्नमा यससम्बन्धी रिपोर्ट प्रकाशित गराएका छन् । जहाँ शुक्रका फस्फिन प्राप्त भएको बारेमा विस्तारमा उल्लेख गरेका छन् । साथै उनीहरुले आफूहरुको जाँचका बारेमा पनि उल्लेख गरेका छन् ।
साथै यो विश्वास दिलाउन खोजेका छन् कि यो अणु कुनै प्राकृतिक, ननबायोलोजिकल माध्यमबाट बनेको हुनसक्छ ।
यद्यपी उनीहरुले शुक्र ग्रहमा जीवन रहेको सम्बन्धमा दावी गरेका छैनन् । यद्यपी यो चाँही भनेका छन् कि यससम्बन्धमा थप अध्ययन हुनु जरुरी छ ।