काठमाडौं । डकैतीका लागि ज्योतिषीसँग 'शुभ मुहुर्त' निकालेर पाँच जनाले डकैती गरेको समाचार बाहिरिएको छ । घटना भारतको हो । उनीहरूलाई प्रहरीले पक्राउ गरेसँगै यो प्रकरण बाहिरिएको हो ।
भारतको महाराष्ट्रको पुणेमा यो घटना भएको भारतीय समाचार संस्था जनसत्ताले जनाएको छ । प्रहरीले डकैतीमा संलग्न पाँच जनासहित ज्योतिषीलाई पनि नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ ।
ती पाँच जनाले डकैतीका क्रममा एक परिवारमाथि कुटपिट पनि गरेका थिए । पुणे प्रहरीका अनुसार डकैतीभन्दा पहिले त्यसमा संलग्न पाँच जनाले ज्योतिषीसँग शुभ मुहुर्त निकालेका थिए । ज्योतिषीले निकालेको त्यही शुभ मुहुर्तमा उनीहरूले डकैती गरेका थिए ।
तर, शुभ मुहुर्त निकालेर डकैती गरेको भए पनि त्यसमा संलग्न पाँचै जना गिरफ्तार भएका छन् । साथै ज्योतिषीलाई पनि प्रहरीले गिरफ्तार गरिएको छ ।
पुणे प्रहरीले सोधपुछका क्रममा ज्योतिषी रामचन्द्र चावाले डकैतीमा संलग्न पाँच जनाले उनलाई जबर्जस्ती डकैतीका लागि शुभ मुहुर्त निकाल्नका लागि दबाब दिएका थिए । सोही मुहुर्तमा करिब एक करोड रूपैयाँको डकैती भएको हो । तर, पाँचै जना गिरफ्तार भएको छ ।
तर, डकैतीमा संलग्न पाँच जनाले भने शुभ मुहुर्त निकाल्नका लागि ज्योतिषीले आफूहरूसँग मोटो रकम लिएको प्रहरीलाई बताएका छन् । प्रहरीले डकैतीमा संलग्न पाँच जनासँगबाट ७६ लाख भारतीय रूपैया पनि बरामद भएको छ ।
पुणेको बारामतीस्थित देवकाटे नगरमा सागर गोफाने आफ्नी पत्नी तृप्ति र दुई बच्चाका साथ बस्दै आएका थिए । २१ अप्रिलमा सागर गोफाने तिरुपति बालाजीको दर्शनका लागि गएका थिए । उनी पत्नी तृप्ति र बच्चा घरमै थिए ।
सोही रात करिब ८ बजे ती डकैतीमा संलग्न पाँच जना सागरको घरमा प्रवेश गरे । उनीहरूले तृप्तिलाई कुटपिट गरेर बन्धक बनाए । बच्चाहरूलाई धम्क्याएर उनीहरूलाई चुप बस्न बाध्य पारे । त्यसपछि उनीहरूले घरमा भएको नगद र गरगहना लुटपाट गरेका थिए ।
प्रहरीले डकैतीमा संलग्न पाँचै जनालाई अलग-अलग स्थानबाट गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार गिरफ्तार गरिएका पाँच जनामा सचिन जगधाने, रायबा चाव्हाण, रवीन्द्र भोसले, दुर्योधन उर्फ दीपक जाधव र नीतिन मोरे छन् । उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ ।