काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा हालसम्मकै बढी कोरोना संक्रमितहरू थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २० जना कोरोना भाइरसका संक्रमितहरू थपिएका हुन् ।
एकैदिन थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६१ हजार ५ सय ९३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणमुक्त हुनेको संख्या ८ सय ७१ पुगेको छ । यससँगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४३ हजार ८ सय २० पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै हाल नेपालमा १७ हजार ३ सय ८३ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् । त्यस्तै ९ हजार २ सय ९५ जना संस्थागत र ८ हजार ८८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा ७ हजार ७ सय ३६ जना रहेको तथ्यांक छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको पिसिअर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले हालसम्म ८ लाख ९४ हजार ३ सय ७३ जनाको पिसिआर परीक्षण गरिएको जानकारी दिएको छ ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ७३७ जना रहेको पनि जनाएको छ ।
मन्त्रालयले सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, मुगुमा हालको अवस्थामा कोरोना संक्रमितहरू नभएको जनाएको छ ।
मृत्यु हुनेकाे संख्या ३ सय ९० पुग्याे
मन्त्रालयका अनुसार नेपालमा ३ सय ९० जना कोरोना भाइरसका संक्रमितहरूको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ७ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्युहुनेमध्ये २ जना महिला र ५ जना पुरुष छन् ।
मृत्यु हुनेमा काठमडौंकी ८५ वर्षिय महिला र ललितपुरकी ६६ वर्षिय महिला रहेका छन् ।
त्यस्तै मन्त्रालयका अनुसार मृत्यु हुने पुरूषहरूमा त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौंका ८८ वर्षिय, मोरङका दुईजना ६६ वर्षिय, भक्तपुरका ८२ वर्षिय र नवलपरासीका ३१ वर्षिय छन् ।
काठमाडाैं उपत्यकामा थपिए ८५९ संक्रमित
मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ८ सय ५९ जना कोरोना भाइरसका संक्रमितहरू भेटिएका छन् ।
काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना कोरोना भाइरसका संक्रमितहरू भेटिएको मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा कति संक्रमण मुक्त ?
प्रदेश १ - ३ हजार ८ सय ४७ जना
प्रदेश २ - ११ हजार ९ सय जना
वाग्मती - ९ हजार ७ सय ७१ जना
गण्डकी - २ हजार ५ सय ३४ जना
प्रदेश ५ - ६ हजार ९ सय ६० जना
कर्णाली - २ हजार ६ सय ५७ जना
सुदूरपश्चिम - ६ हजार १ सय ५१ जना
६० वर्ष नाघेकालाई घरबाहिर ननिस्कन अनुरोध
मन्त्रालयले ६० वर्षभन्दा बढी उमेर भएकाहरूलाई घरबाहिर ननिस्कन अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौमतले यस्तो आग्रह गरेका हुन् ।
यस्तै मधुमेह, रक्तचाप, फोक्सोको समस्या, किड्नीका विरामी र क्यान्सर जस्ता रोगका बिरामीहरूलाई पनि केही दिन घरमै बस्न मन्त्रालयले आग्रह गरेको छ ।
घरबाट बाहिर निस्कनु परेमा स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न पनि भनेको छ ।