काठमाडौं । एक प्रचलित कथाका अनुसार कुनै एक समयमा एक किसानको बालीनालीमा बारम्बार क्षति पुग्यो । कहिले भारी वर्षाका कारण, कहिले प्रचण्ड गर्मीका कारण त कहिलो अत्यधिक चिसोका कारण ती किसानको बालीनाली फस्टाउन सक्दैनथ्यो ।
पटकपटकको प्रयास असफल भएपछि किसान आजित भयो । उसले त्यसो हुनुमा भगवानलाई दोष दिन थाल्यो । त्यसपछि भगवान प्रकट हुनुभयो । किसानले भगवानलाई भने- तपाईंले गलत समयमा वर्षा गरिदिँदा, गलत समयमा गर्मी गरिदिँदा मेरो बालीनाली बारम्बार फस्टाउन सकेन । मलाई क्षति भयो । त्यसैले मेरो बालीनालीको आवश्यकताअनुसार मौसम निर्धारण गरिदिनुहोस् । अबदेखि मैले चाहेअनुसारको मौसम हुनुपर्छ ।
उक्त किसाको यस्तो कुरा सुनेपछि भवनागले भने- अबदेखि त्यस्तै हुनेछ । यति भनेर भगवान अन्तर्ध्यान भए ।
अघिल्लो दिन किसानले फेरि गहुँ खेती सुरु गरे । अब उनले जब पानी परोस् भन्ने चाहन्थे, पानी पर्थ्यो । घाम लागोस् भन्ने चाहन्थे घाम लाग्थ्यो । यसअनुसार उनको इच्छाअनुसार मौसम चल्न थाल्यो ।
विस्तार विस्तार उनको बालीनाली पाक्यो । आफ्नो खेतमा लहलह उत्पादन भएको अन्न देखेर किसान खुसी भए । जब उनले गहुँ काट्न थाले त्यसबेला उनले थाहा पाए कि बालीमा दाना नै लागेको छैन । सबै बाला खाली थियो ।
यस्तो अवस्था देखेर किसानले फेरि भगवानलाई गुहार्यो । किसानले गुहारेपछि भगवान प्रकट भए । उनले बालीमा दाना नलाग्नुको कारण भगवानलाई सोधे ।
जवाफमा भगवानले भने- तिम्रो बालीले कुनै पनि संघर्ष गरेन । जसका कारण सारा बालामा अन्न लागेन । जब बाली हावामा बच्नका लागि संघर्ष गर्छ, प्रचण्ड घामसँग संघर्ष गर्छ त्यसपछि मात्र उसमा दाना लाग्ने प्रक्रिया सुरु हुन्छ ।
भगवानले किसानलाई अगाडि भने- जुन रूपमा सुनलाई चम्कनका लागि आगोमा गाल्नुपर्छ, ठीक त्यसै गरी बालीले पनि संघर्ष गर्नुपर्छ ।
यो कुरा बुझेपछि किसानले थाहा पायो कि कुनै पनि कठिन परिस्थितिले खाली समस्या मात्र निम्त्याउँदैन यसले योग्यता पनि बढाउँछ ।
यो कथाले हामीलाई जीवनमा आउने बाधा, अड्चन आउँछन् । र, ती बाधा अड्चनले हामीलाई समस्या त सिर्जना गर्छन् नै सँगै हाम्रो संघर्ष गर्ने क्षमता र योग्यता पनि बढाउँछ । त्यसैले जीवनमा आउने हरेक समस्याको सामना गर्दै अगाडि बढ्नु नै सफल जीवनको खुड्किलो हो ।