काठमाडौं । बलिउड अभिनेता गोविन्दाको लोकप्रियतासँग कमै मात्र जानकार होलान् । उनका फ्यान फलोइङहरू अझै पनि उनको अभिनयको तारिफ गर्छन् । उनको नृत्यले मोहित हुन्छन् ।
आफ्नो स्टारडमका कारण गोविन्दा युवायुवतीका निकै प्रिय नायक थिए । तर, उनको जीवनमा एउटा यस्तो घटना घटेको थियो जसको बारेमा धेरैलाई जानकारी नहुन पनि सक्छ । यसको रहस्य गोविन्दाकी पत्नी सुनिताले खोलेकी हुन् ।
खासमा उक्त घटना गोविन्दाकी एक महिला फ्यानका कारण भएको थियो । सुनिताले टाइमआउट विथ अंकितमा कुराकानीका क्रममा जे रहस्य खोलिन् त्यसले धेरैलाई अचम्मित तुल्याएको छ ।
सुनिताको अनुसार गोविन्दाकी ती फ्यान घरमा काम गर्ने नोकर्नीका रूमा आएकी थिइन् । ती युवतीले देखावटी रूपमा आफूलाई गोविन्दाको घरमा चिनाएकी थिइन् । र, २०-२२ दिनसम्म नोकर्नीका रूपमा काम पनि गरिन् ।
जी न्युजका अनुसार यसबारेमा सुनिताले यथार्थ जानकारी पाएपछि आफू हैरान भएको उल्लेख गरेकी छन् । उनी आर्थिक अवस्था राम्रै भएको घरकी युवती थिइन् ।
यस्तैमा एक दिन सुनितालाई उनीमाथि शंका भयो । ती युवतीले घरायसी काम पनि राम्रोसँग गर्न नजानेपछि शंका लागेको सुनिताले उल्लेख गरेकी छन् । त्यसपछि आफूले यसबारेमा आफ्नी सासु (गोविन्दाकी आमा) सँग कुरा गरेको सुनिताले बताइन् ।
त्यसपछि सुनिताले थाहा पाइन् की ती युवती एक जना मन्त्रीकी छोरी थिइन् । खासमा उनी गोविन्दाकी फ्यान थिइन् । सुनिताले भनेकी छन्, 'म त्यसबेला जवान थिएँ । तर, मलाई शंका लाग्यो । उनी अबेरसम्म गोविन्दा आउने पर्खाइमा हुन्थिन् । त्यसपछि मैले उनको पृष्ठभूमि जाँचेँ । अनि उनी रुन थालिन् र वास्तविकता स्वीकारिन् । उनले आफू गोविन्दाको फ्यान भएको बताइन् ।'
त्यसपछि ती युवतीका पिता उनलाई लिन आए । साथसाथै गाडीको काफिला पनि आएको थियो । त्यसपछि ती सुवती गोविन्दाको घरबाट गएकी थिइन् ।