बुर्किना फासो (इमान्दारको धर्ती) अफ्रिकी महादेशको भूपरिवेष्ठित देश हो । ३० सेप्टेम्बर २०२२ मा सैनिक ‘कु’ मार्फत इब्राहिम त्रावोरे त्यहाँका राष्ट्रपति बने । अहिले उनी सामाजिक सञ्जालको ‘हड केक’ छन् ।
१४ मार्च १९८८ मा जन्मेका इब्राहिमको चर्चाले शीखर चुमेको छ । आँगाडुगु विश्वविद्यालयबाट भू–विज्ञानमा स्नातक इब्राहिमको चर्चित भाषण सुनेर जोकोही चकित छ । त्यही भाषणलाई यहाँ लघु सम्पादन गरेर राखिएको छ ।
भाषणको पेटबोलीः
सीएनएन, बीबीसी, फ्रान्स २४ म तिमीहरूको कुरा सुनिरहेको छु, हेरिरहेको छु । म तिमीहरूको हरेक झुट रेकर्ड गरिरहेको छु । तोडमरोड गरी बताइएका कुराहरू सम्झिरहेको छु ।
म इब्राहिम त्रावोरे हुँ । म तिमीहरूको नकाब उतारीरहेको छु । तिमीहरूले मलाई सैनिक शासक, तानाशाह र पश्चिमविरोधी बताइरहेका छौ । आज म खुलेर सत्यतथ्य बताउँछु । यसपटक तिमीहरूले मेरो विचार काट्न सक्तैनौ ।
यसपटक तिमीहरूले क्यामेरा हटाउन सक्तैनौ, किनकी अब त्यो दुनिया रहेन, जसमा तिमीहरूको कब्जा थियो । अब करोडौँ मानिस यो कुरा सुन्न सक्छन् । तिमीहरूको जाँचपास भएर जानु पर्दैन । तिमीहरूको झुट कुरामा अब कोही लुटपुटु गर्दैन । तिमीहरूले फालेको फोहोरमा कोही पर्ने छैनन् ।
म ३४ वर्षको भएँ । मैले मेरो जिन्दगीका हरेक दिन तिमीहरूको झुट सुन्दै बिताएँ । सानो बालक छँदा टीभीमा अफ्रिका देख्ने गर्थें । हमेसा त्यही फोटो, झिँगाले घेरिएका बालबच्चा, सुख्खा जमिन, हतियार र मृत्यु यस्तै मात्रै थियो, तिमीहरूले देखाएको अफ्रिका ।
अफ्रिका यस्तै रहेछ भनेर हामीले मानी आयौँ । हामीलाई आफैँ लाज लाग्न थाल्यो । हामीलाई आफ्नै धर्तीका मान्छेसँग लाज लाग्न थाल्यो ।
तर, म जब ठूलो हुँदै गएँ । मैले पढेँ । अनुसन्धान गरेँ । प्रश्न सोधेँ र मलाई जबाफ आयो, जुन अफ्रिका तिमीहरूले देखाएका थियौ त्यो असली अफ्रिका थिएन । जुन कहानी तिमीहरूले हामीलाई सुनायौ त्यो सरासर झुटो थियो । जुन भाग्य तिमीहरूले हाम्रो कोरेका थियौ । त्यो तिमीहरूले वर्षौंअगाडि लेखेको मनगढन्ते कहानी थियो ।
तिमीहरूले अफ्रिकालाई कस्तो देखायौ, कसरी बेच्यौ ? यस्तो लाग्थ्यो की हामी मानव नै होइनौँ । जस्तो की हामी कुनै जंगलको जनावर हौँ । तिमीहरूको लागि हामी यो धर्तीमा जन्मेका कठैबरा बिचरा हौँ ।
हरेक दिन, हरेक घण्टा, हरेक मिनेट तिमीहरूको काँचको पर्दामा त्यही कहानी आउँथ्यो । भोकमरी, युद्ध, बिमारी, भ्रष्टाचार, आतंक, अराजकता तिमीहरूको शब्दकोशको अफ्रिका । अफ्रिकाको बारेमा अरु शब्द नै हुँदैन थिए । न कुनै आशा, न कुनै काम, न तरक्की, न प्रेम, न गर्व न जितको अफ्रिका ।
यसैले म सोध्छु, न्युयोर्क टाइम्स, वासिङ्टन पोष्ट, गार्जियन, लेमण्ट कहिल्यै अफ्रिकाको सफलताको हेडलाइन बनायौ ?
कतिपटक रुवाण्डाको प्रविधिगत क्रान्तिको बारेमा लेख्यौ ? कतिपटक इथोपियामा तरक्की ल्याउँदै गरेको परियोजना देखायौ ?
कतिपटक केन्याको कारोबारको बारेमा कहानी सुनायौ ? किनकी यी सबै तिमीहरूको कथाको लागि सुहाउँदो छँदै थिएन ।
तिमीहरूको कहानीमा अफ्रिका कामकाजी हुनै सक्तैन थियो । यदि हामी पछाडि परेनौँ भने तिमीहरूले कसरी हेप्छौ ?
के तिमीहरूको कुनै सम्पादक र रिपोर्टरले यस्तो सोचेको छ ? संसारकै सबैभन्दा धनी धर्तीमा बसेका मानिसहरू किन गरिब छन् ?
ल हेर्नुस् असली तथ्याङ्क । संसारको ७० प्रतिशत बहुमूल्य कोल्बाट खनिज पदार्थ अफ्रिकासँग छ । तिमीहरूको फोन, ल्याप टप, इभी गाडी यो खनिज पदार्थ बेगर बन्दैन । यो खनिज कंगोबाट आउँछ तर त्यहाँका मानिस मोबाइल किन्न सक्तैनन् ।
संसारमै ९० प्रतिशत प्लाटिनिम साउथ अफ्रिकाबाट आउँछ तर त्यहीँकै मानिस बेरोजगार छन् ।
संसारमै ३० प्रतिशत सुन माली, बुर्किना फासो, घाना, तान्जानियाबाट आउँछ । सुन नदीसरह बगेको छ । तर यहाँका मानिस गरिबीमा तैरिन्छन् ।
संसारकै ६५ प्रतिशत हिरा वोत्सावाना, कंगो, सियारालियोनबाट आउँछ । यिनै देशबाट अर्बौं डलरको हिरा निकालिन्छ तर मजदूरलाई १ डलरमा टारिन्छ ।
संसारकै ३५ प्रतिशत युरेनियम नाइजर, नामिविया, दक्षिण अफ्रिकाबाट आउँछ । पेरिसको झिलिमिली बिजुली हाम्रै युरेनियमबाट बल्छ । तर हाम्रो गाउँमा बिजुली छैन ।
अनि तिमीहरू सोध्छौ अफ्रिका किन गरिब छ ? अफ्रिका यति धनी हुँदा गरिब बनाएर कसरी लेखियो ? जबाफ छ ?
गुलामीको समय कहिल्यै खत्तम भएन । तिमीहरूले अनुहार मात्र बदल्यौ ।
पहिले तिमीहरू हाम्रो देश कब्जा गर्दथ्यौ । आजभोली कम्पनी खोल्छौ ।
पहिले जबर्जस्ती गर्दथ्यौ आजकाल सम्झौतामा डुबाउँछौ । पहिला कोर्रा लगाएर शासन गर्थ्यौ, अब ऋण दिएर ।
स्वीस कम्पनी कंगोबाट बहुमूल्य खनिज निकाल्छ । सन् २०२२ मा त्यो खनिजबाट २५६ अर्ब डलर कमायो । तर कंगोलाई जम्मा टेक्सबापत ५० (२.७ प्रतिशत) करोड मात्र दियौ ।
रियो टिन्टो व्रिटिष–अष्ट्रलियन कम्पनी गिनी (देश) बाट प्रतिवर्ष दुई करोड टन अक्साइड निकाल्छ । तर गिनीले के पायो ? प्रदुषण र क्यान्सर !
फ्रेन्चको तेल कम्पनी टोटल इनर्जीले अंगोला, नाइजेरिया र कंगोबाट तेल निकाल्छ । यो कम्पनीले सन् २०२२ मा ३६ अर्ब डलर कमायो । तर, अफ्रिकामा केबल गन्धे पाइपलाइन बिच्छ्यायो ।
एङ्लो अमेरिकन कम्पनीले दक्षिण अफ्रिकाबाट काम सुरु गरेर लण्डनमा हिरा, प्लाटेनिम, फलाम सबै लग्यो र त्यहाँ काम गर्ने मजदूरलाइ बेरोजगार बनाएर छोडिदियो ।
प्रत्येक वर्ष ८८ अर्ब डलर अफ्रिकाबाट बाहिर जान्छ । तिमीहरूले ४५ अर्बको मद्दतको कुरा लेख्छौ । तर, कोही यो कुरा किन लेख्दैन अफ्रिकालाई मद्दतको जरुरी छैन ?
बिमारी नागरिकमा तिमीहरू क्यामेरा जुम गर्छौ । तर पर्दाको पछाडि हरेक दिन टनका टन सुन, हिरा, तेल, युरेनियम निकालिन्छ ।
भ्रष्टाचार फैलाउने तिमीहरूको प्रणाली, नेतालाई घुस खुवाउने, विदेशमा खाता खोल्न लगाउने, नेताका छोराछोरीलाई आफ्ना विश्वविद्यालयमा पढाइ दिने गर्छौ ।
५० वर्षदेखि ९९ वर्षसम्मको करार गर्छौ । टेक्स छुट लिन्छौ, तर पर्यावरण र मजदूरलाई नदेखेझैँ गर्छौ ।
भौतिकपूर्वाधारमा कब्जा गर्छौ । बन्दरगाह, एयरपोर्ट, रेल–वे केबल खानीदेखि पोर्टसम्म मात्र बनाउँछौ । गाउँमा सडक र बिजुली छैन । एकसय वर्षदेखि आतङ्की घोषित गर्यौ । मिडियाको मुख बन्द गर्यौ बस ।