काठमाडौं । यो साता शेयर बजार केही कारोबार दिनमा उल्लेख्य वृद्धि हुँदा केही दिन भने सामान्य अंकले बढेको छ । पाँच कारोबार दिनमध्ये कुनै दिन पनि शेयर बजार घटेन । त्यसैले लगानीकर्ताहरू उत्साही देखिएका छन् भन्न पनि सकियो ।
यो साता कारोबार रकममा पनि धेरै उतारचढाव देखिएन । सबैभन्दा कम कारोबार भएको दिन साउन ५ गते सोमबार १६ अर्ब ३२ करोडको कारोबार हुँदा सबैभन्दा बढी कारोबार भएको दिन साउन ४ गते आइतबार २१ अर्ब ४६ करोडको कारोबार भयो ।
कारोबार दिन |
वृद्धि अंक |
कतिमा पुग्यो नेप्से |
कारोबार कति भयो |
आइतबार (४ साउन) |
०.३२ |
२८७०.९५ |
२१ अर्ब ४६ करोड |
सोमबार (५ साउन) |
२१.७६ |
२८९२.७२ |
१६ अर्ब ३२ करोड |
मंगलबार (६ साउन) |
८०.९७ |
२९७३.७० |
२० अर्ब ८ करोड |
बुधबार (७ साउन) |
५.१७ |
२९७८.८८ |
१९ अर्ब ५७ करोड |
बिहीबार (८ साउन) |
३.७६ |
२९८२.६४ |
१८ अर्ब ४९ करोड |
२०८२ साउन ४ गते आइतबार
साताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेर बन्द भएको थियो । सो दिन नेप्से ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा पुगेर बन्द भएको हो ।
आइतबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४६ अंकले घटेर ४९८.०३ बिन्दुमा पुगेर बन्द भएको थियो ।
आइतबार १३ मध्ये पाँच समूहको सूचक बढ्दा अन्य समूहको सूचक घटेको थियो । अन्य समूहको सूचक सबैभन्दा धेरै ३.३६ प्रतिशतले बढ्दा फाइनान्स समूहको सूचक २.२६ प्रतिशतले घटेको थियो ।
नेप्सेका अनुसार आइतबार कारोबारमा आएकामध्ये १०५ कम्पनीको शेयरमूल्य बढ्दा १४४ कम्पनीको शेयर मूल्य घटेको थियो ।
आइतबार कारोबार रकम भने उल्लेख्य रूपमा बढेको थियो । नेप्सेका अनुसार ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर किनबेच भएको थियो । जसमा २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ रुपैयाँको कारोबार भएको थियो ।
सो दिन उन्नति सहकार्य लघुवित्त र सानभी इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । त्यस्तै ट्रेड टावर लिमिटेड, शिवश्री हाइड्रो तथा विन्ध्यावासिनी हाइड्रोको शेयरमूल्य पनि सर्किट लेभलमा बढेको थियो ।
त्यस्तै समृद्धि फाइनान्स, १२ प्रतिशत गुडविल फाइनान्स डिबेन्चर २०८३ को शेयरमूल्य सबैभन्दा बढी घटेको थियो । आइतबरा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको थियो ।
२०८२ साउन ५ गते सोमबार
सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको थियो । नेप्से २१.७६ अंकले बढेर २८९२.७२ अंकमा पुगेर बन्द भएको थियो ।
नेप्से बढेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.४६ अंकले बढेर ५०२.४९ बिन्दुमा पुगेर बन्द भएको थियो । सो दिन १३ मध्ये सबै समूहको सूचक बढेको छ । आज माइक्रोफाइनान्स समूहको सूचक सर्वाधिक १.९३ अंकले बढेको छ ।
सोमबार कारोबारमा आएकामध्ये १५३ कम्पनीको शेयर मूल्य बढ्दा ९६ कम्पनीको शेयर मूल्य घटेको थियो । ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ रुपैयाँको कारोबार भएको थियो ।
२०८२ साउन ६ गते मंगलबार
मंगलबार शेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको थियो । सो दिन नेप्से ८०.९७ अंकले बढेर २९७३.७० बिन्दुमा पुगेर बन्द भएको थियो ।
नेप्सेमा उच्च अंकको वृद्धि आउँदा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि १४.४८ अंकले बढेर ५१६.९८ बिन्दुमा पुगेको थियो ।
मंगलबार सबै समूहको सूचक बढेको थियो । म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङको सूचक सर्वाधिक ४.६३ प्रतिशतले बढेको थियो भने जीवन बीमा तथा माइक्रोफाइनान्स समूहको सूचक पनि ४ प्रतिशतभन्दा धेरैले बढेको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये २३६ कम्पनीको शेयर मूल्य बढ्दा १४ कम्पनीको शेयरमूल्य घटेको थियो । नेप्सेका अनुसार सो दिन ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार २९३ बराबरको कारोबार भएको छ ।
२०८२ साउन ७ गते बुधबार
बुधबार शेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको वृद्धि देखिएको थियो । सो दिन बजार ५.१७ अंकले बढेर २९७८.८८ बिन्दुमा पुगेर बन्द भएको थियो ।
बुधबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.१५ अंकले घटेर ५१६.८२ बिन्दुमा पुगेर बन्द भएको थियो । ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५५७ रुपैयाँको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये ९८ वटा कम्पनीको शेयर मूल्य बढेको थियो भने १५२ वटा कम्पनीको शेयर मूल्य भने घटेको थियो ।
२०८२ साउन ८ गते बिहीबार
साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से ३.७६ अंकले बढेर २९८२.६४ बिन्दुमा पुगेर बन्द भएको थियो । त्यस्ते ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३१ अंकले बढेर ५१७.१३ अंकमा पुगेर बन्द भएको थियो ।
बिहीबार ६ समूहको सूचक बढ्दा सात समूहको सूचक घटेको थियो । सो दिन हाइड्रोपावर समूहको सूचक सर्वाधिक २ प्रतिशतले बढ्दा फाइनान्स समूहको सूचक सबैभन्दा बढी ०.७६ प्रतिशतले घटेको थियो ।
नेप्सेका अनुसार बिहीबार ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर १८ अर्ब ४९ करोड ४ लाख २८ हजार ७९४ रुपैयाँमा किनबेच भएको थियो । कारोबारमा आएकामध्ये १२३ कम्पनीको शेयर मूल्य बढ्दा १२७ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको थियो ।