काठमाडौं । प्रहरीले जबर्जस्ती करणको आरोपमा विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरूलाई ओखलढुंगा, धनकुटा र कैलालीबाट पक्राउ गरिएको हो ।
२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ धनेपु बस्ने ५२ वर्षीय तेन्जी शेर्पालाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै धनकुटामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा साँगुरीगढी गाउँपालिका-६ डेरा गरी बस्ने सुनसरी इनरूवा नगरपालिका-७ चाँदवेला घर भएका २६ वर्षीय महमद सुबजानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महमदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुवहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी धनकुटाकै १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चौबिसे गाउँपालिका-५ चौबाटे बस्ने २८ वर्षीय रोशन तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
रोशनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट फलामेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, कैलालीकी २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लम्कीचुहा नगरपालिका-७ खरौलाड बस्ने २५ वर्षीय तपेन्द्र भुललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
तपेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।