काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करलाई हतियार बनाएर विभिन्न देशहरूको वैदेशिक व्यापारमाथि प्रहार गर्दै आएका छन् । त्यसको पछिल्लो सिकार भारत बन्ने भएको छ ।
भारतलाई ट्रम्पले कर मात्र लगाएका छैनन् अर्को एक महत्त्वपूर्ण झड्का पनि दिएका छन् । सम्भवतः यो भारतको चाहनभन्दा विपरित हो ।
सुरुमा त ट्रम्पले भारतमा उत्पादित सामानमा २५ प्रतिशतसम्म कर लगाउने घोषणा गरेका छन् । अनि यसको केही घण्टामै पाकिस्थानसँग मिलेर त्यहाँको तेल भण्डार विकसित गर्ने सम्झौता गरेका छन् ।
ट्रम्पले भनेका छन्- हालै अमेरिकाले पाकिस्तानसँग एक सम्झौता गरेको छ । यसका माध्यमबाट दुवै देश मिलेर पाकिस्तानमा रहेको ‘विशाल तेल भण्डार’लाई विकसित गर्न काम गर्नेछन् ।
यसपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक्समा लेख्दै यसबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्- म राष्ट्रपति ट्रम्पलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । उहाँले अमेरिका र पाकिस्तानबीचको ऐतिहासिक व्यापार सम्झौतालाई अन्तिम रूप दिन नेतृत्वदायी भूमिका निभाउनुभयो ।‘
अर्कातर्फ ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा मात्र गरेका छैनन् रुससँग तेल किनेको भन्दै पेनाल्टी लगउने संकेत पनि गरेका छन् । यसपछि इरानसँग तेल खरिद गर्ने भारतीय कम्पनीहरूलाई प्रतिबन्ध लगाएका छन् ।
पाकिस्तानसँगको सम्झौतापछि ट्रम्पले भनेका छन्- सायद पाकिस्तानले कुनै दिन भारतलाई पनि तेल बेच्न सक्छ ।
यसले स्पष्ट रूपमा पछिल्ला दिनमा भारत र पाकिस्तानबीचको नजिकी बढेको संकेत गर्दछ । उता चीनसँग पाकिस्तानको सम्बन्ध पनि राम्रो रहेको छ । यो दुवै विषय भारतको लागि केही झस्काउने हुन सक्ने कतिपयको विश्लेषण छ ।