काठमाडौं । अमेरिकी कम्पनी जोनसन एन्ड जोनसनले कोरोना भाइरस (कोभिड- १९) को भ्याक्सिन तयार पार्ने सन्दर्भमा एक अर्को सफलता हासिल गरेको दावी गरेको छ ।
भ्याक्सिन बनाउने दिशामा सफलता हासिल गर्दै क्लिनिकल ट्रायलको अन्तिम चरणमा पुगेको जोनसन एन्ड जोनसनको दावी छ ।
यस सम्बन्धमा जानकारी दिँदै बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, जोनसन एन्ड जोनसन कम्पनीले दावी गरेको छ कि उसले बनाउँदै गरेको भ्याक्सिनको ट्रायल अन्तिम चरणमा पुगेको छ ।
ट्रम्पले यसको ट्रायलमा सहयोग पुर्याउन अमेरिकी नागरिकहरूलाई आग्रह गरेका छन् ।
त्यस क्रममा ट्रम्पले आफूले अमेरिकाको इतिहासमा सबैभन्दा द्रूत गतिमा आर्थिक सुधारलाई अघि बढाएको पनि दावी गरेका छन् ।
त्यस क्रममा उनले अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा आफ्ना प्रतिश्पर्धी जोन बाइडनको आलोचना गरे ।
उनले आफ्नो दृष्टिकोण विज्ञानसम्मत र बाइडेनको दृष्टिकोण विज्ञानविरोधी रहेको पनि बताएका थिए ।
ट्रम्पले भनेका छन्, बाइडेनसँग कहिल्यै पनि अन्त्य नहुने लकडाउन छ जबकी हामीले हामी लकडाउन गरिरहेका छैनौं ।
वास्तवमा हामी त्यस अवस्थाबाट अघि बढीरहेका छौं जुन हामीले यसअघि कहिल्यै अनुभव गरेका थिएनौं, ट्रम्पले भने, हाम्रो योजनाले भाइरस ध्वस्त हुन्छ भने बाइडनको योजनाले अमेरिका कमजोर हुन्छ ।