काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ ।
१ वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण कार्य यही असोज ७ गते सोमबारबाट सुरु गर्न लागिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले जानकारी दिएका छन् ।
पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने उनले बताएका छन् ।
'एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको हो,' बालेनले भनेका छन् ।
स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार भएको उल्लेख गर्दै उनले देशका दुर्गम भूभागमा जीवन बचाउनु आफूहरूको कर्तव्य भएको उनले उल्लेख गरेका छन् ।
यस्तो छ बालेनको स्टाटसः
बिगत १ बर्ष देखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण कार्य २०८२/०६/०७ गते सोमबार बाट सुरु गर्दै छौ।पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दैछौ ।
एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पीछडिएका स्थानलाई प्राथमिकता दिइएको हो। हामी विश्वास गर्छौं स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो। देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो।यो मात्र सुरुवात हो, कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो।एम्बुलेन्स वितरणका लागी पालिका छनौट मापदण्ड समेत यही राखिएको छ।
