काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सरकारी विद्यालयहरूमा गुणस्तरीय पढाइ र अतिरिक्त क्रियाकलापको विकल्पमा कुनै सम्झौता नगर्ने बताएका छन् ।
शुक्रबार फेसबुकमा स्टाटस लेख्दै बालेनले यस्तो जनाएका हुन् । उनले पद्मोदय स्कुलको पहिलेको र अहिलेको तस्वीर सहितको स्टाटसमा बालेनले यस्तो जनाएका हुन् ।
'तपाईंहरूले पुतलीसडक चोकदेखि भृकुटीमण्डप जाने बाटैमा केही समय पहिले सटरहरू देख्नुभएको थियो होला, त्यो पद्मोदय स्कुल हो,' बालेनले लेखेका छन्, 'करिब ८० वर्षको इतिहास बोकेको सो स्कुलको स्थापनाकालदेखि स्कुलको जग्गामा पसलहरू सञ्चालन भई राखेको थियो ।'
उनले यो स्कुलमा मात्र होइन, धेरैजसो सामुदायिक स्कुलहरूमा यस्तै गरी स्कुल भवनमा, स्कुल हाताभित्र सटर बनाएर भाडामा दिइने र पार्टी प्यालेसहरूलाई दिइने गरिएको उनले उल्लेख गरेका छन् ।
'कतिमा स्कुलले भाडासमेत पाउँदैन थियो भने कतिमा स्कुलले पाउने भाडादर भने सधैँ बजारमूल्य भन्दा कम भनेर विवादित भइरहन्थ्यो,' उनले लेखेका छन् ।
यस्ता कार्यले स्कुलमा पढाइ बाहेकका अन्य गतिविधिले विद्यार्थीलाई डिस्टर्ब हुनुको साथै ठाउँ नभएर स्कुलले राम्रो सभा सञ्चालन गर्नसमेत नपाएका उनले जनाएका छन् । त्यसले विद्यार्थीलाई खेल्ने ठाउँको समेत अभाव हुने गरेको उनको भनाइ छ ।
'स्कुलमा सबैभन्दा ठूलो हक विद्यार्थीको हुन्छ । काठमाण्डौ महानगर र नेपाल सरकारको नीति अनुसार स्कुलहरू व्यापारिक थलो हैन, अध्ययन अध्यापनको केन्द्र हुनुपर्छ भन्ने उद्देश्यले हामीले पद्मोदयमा त्यहाँको सटर हटायौँ,' उनले लेखेका छन्, 'सो स्थानमा विद्यार्थीलाई खेल्ने मैदान बनाउने टेन्डर आह्वान भइसकेको छ भने विद्यालयले महानगरबाट थप अनुदान पनि प्राप्त गर्नेछ । अन्य स्कुलको हकमा पनि हुने पद्मोदय जस्तै हो ।'

हेर्नुस् बालेनको स्टाटसः
तपाईहरूले पुतलीसडक चोकदेखि भृकुटीमण्डप जाने बाटैमा केहि समय पहिले सटरहरू देख्नु भएको थियो होला, त्यो पद्मोदय स्कुल हो । करिब ८० बर्षको इतिहास बोकेको सो स्कुलको स्थापनाकालदेखि स्कुलको जग्गामा पसलहरू सञ्चालन भई राखेको थियो । यो स्कुलमा मात्र होइन, धेरैजसो सामुदायीक स्कुलहरुमा यस्तै गरि स्कुल भवनमा, स्कुल हाताभित्र सटर बनाएर भाडामा दिइन्थ्यो, पार्टी प्यालेसहरूलाई दिइन्थ्यो । कतिमा स्कुलले भाडासमेत पाउँदैन थियो भने कतिमा स्कुलले पाउने भाडादर भने सँधै बजारमूल्य भन्दा कम भनेर विवादित भइरहन्थ्यो ।
यस्ता कार्यले स्कुलमा पढाइ बाहेकका अन्य गतिबिधिले विद्यार्थीलाई डिस्टर्ब हुनुको साथै ठाउँ नभएर स्कुलले राम्रो सभा सञ्चालन गर्ने पाएको थिएनन् । त्यस्तै विद्यार्थीलाई खेल्ने ठाउँको समेत अभाव हुन्थ्यो ।
स्कुलमा सबै भन्दा ठुलो हक विद्यार्थीको हुन्छ । काठमाण्डौ महानगर र नेपाल सरकारको नीति अनुसार स्कुलहरू व्यापारिक थलो हैन, अध्ययन अध्यापनको केन्द्र हुनु पर्छ भन्ने उद्देष्यले हामीले पद्मोदयमा त्यहाँको सटर हटायौँ । सो स्थानमा विद्यार्थीलाई खेल्ने मैदान बनाउने टेन्डर आवहान भईसकेको छ भने विद्यालयले महानगरबाट थप अनुदान पनि प्राप्त गर्नेछ । अन्य स्कुलको हकमा पनि हुने पद्मोदय जस्तै हो ।
सरकारी स्कुलहरूमा गुणस्तरिय पढाइका साथै अतिरिक्त क्रियाकलापको विकल्पमा अन्य कुरामा हामी सम्झौता गर्ने छैनौँ । स्कुल शिक्षा विद्यार्थीको लागि मात्र होइन, मुलुक, सभ्यता र संस्कृतिको भविष्यका लागि पनि प्रमुख बिषय हो ।