काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३ सय १३ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङका क्रममा यस्तो बताएका हुन् ।
यससँगै हालसम्म नेपालमा कुल ७० हजार ६ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै शुक्रबार १ हजार ४ सय ५५ जना कोरोना भाइरस संक्रमितहरु निको भएको उनले जनाएका छन् ।
हालसम्म नेपालमा ५१ हजार ८ सय ६६ जनाले कोरोना भाइरस जितेको डा. गौतमले जानकारी दिएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको सख्या १८ हजार २ सय ८९ पुगेको छ ।
त्यसतै मन्त्रालयले शुक्रबार १२ हजार २ सय ६२ जनाको पिसिआर परीक्षण गरिएको जानकारी दिएको छ । यससँगै नेपालमा कुल ९ लाख ६८ हजार १ सय ८५ जनाको पिसिआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार हाल १० हजार ५२ जना होम आइसोलेसनमा, ८ हजार २ सय ३७ जना संस्थागत आइसोलेसनमा तथा ६ हजार ४ सय ६४ जना क्वारिन्टिनमा छन् ।
मन्त्रालयका अनुसार मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन तथा रुपन्देहीमा ५ सयभन्दा बढी संक्रमितहरु रहेका छन् । त्यस्तै सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु तथा हुम्लामा हाल कोही पनि संक्रमितहरु रहेका छैनन् ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा ६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको जानकारी दिएृको छ । मृत्यु हुनेहरुमा ३ जना महिला र ३ जना पुरुष छन् । यससँगै नेपालमा हालसम्म कुल ४ सय ५९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।
उपत्यकामा थपिए ६४५
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्इकामा कोरोना भाइरसका ६ सयष्ष् ४५ जना संक्रमितहरु थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५०३, ललितपुरमा ९१ तथा भक्तपुरमा ५१ जना कोरोना भाइरसका संक्रमितहरु थपिएका छन् ।