काठमाडौं । पर्यटकहरू आगमनको मुख्य सिजनमै इटालीका प्रमुख पर्यटकीय गन्त्व्यहरू सुनसान छन् । यसअघि पर्यटकहरूले खचाखच हुने इटालीका पर्यटकीय क्षेत्रहरू कोरोना भाइरसको संक्रमणका कारण अहिले सुनसान छन् ।
पहिले सदा भीडभाडयुक्त रहने चर्चित पर्यटकीय स्थलहरू पनि अहिले सुनसान छन् । यसलाई लिएर त्यहाँका पर्यटन व्यवसायीहरूले चिन्ता प्रकट गरिरहेका छन् ।
इटालीको पर्यटन संघद्वारा जुलाईमा सार्वजनिक तथ्यांक अनुसार, चालू वर्षको जूनदेखि सेप्टेम्बर महिनासम्म इटालीको विदेशी पर्यटकहरुको संख्या गत वर्षको सोही अवधिको तुलनामा २ करोड ५० लाख घट्ने अनुमान छ ।
इटालीका पर्यटकीय स्थलमा पुगेका पर्यटकहरू भीडभाड कम हुँदा आफूहरूले खुला रूपमा घुम्न पाएको त बताउँछन्, यद्यपी यो सामान्य स्थिति नभएको भन्दै विस्तारै लयमा फर्कने अपेक्षा पनि गर्छन् ।
इटाली सरकारले चालू वर्षको मार्चदेखि १ खर्ब युरो भन्दा बढी खर्चेर आर्थिक उद्धारमा कदम चाल्दै आएको छ । तीमध्ये होटेल, ढुवानी, भोजन व्यवसाय र खुद्रा व्यापार लगायत पर्यटन सम्बन्धित व्यवसायलाई लक्षित गरिएको छ ।
इटालीको पर्यटन विभागका प्रमुख बास्टिआनेली हाल सुधारको अपेक्षासहित आफ्ना कामलाई निरन्तरता दिनुको बिकल्प नरहेको बताउँछन् ।
महामारी सकिएपछि पर्यटन उद्योगको तीव्र विकास हुनेछ । अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको निरन्तरता दिनु हो, उनले भनेका छन्, हामीले निरन्तर रुपमा काम गर्नुपर्छ, इटालीले विश्वको पर्यटन बजारमा आफ्नो आकर्षण जारी राख्नुपर्छ ।