काठमाडौं । विश्वमै खतरनाक भाइरस मानिने एचअइभी (ह्युमन इम्युनोडेफिसेन्सी भाइरस) ठिक हुने या त्यसबाट मुक्त हुने विश्वकै पहिलो व्यक्तिको निधन भएको छ ।
बर्लिन पेसेन्टका नामले पनि चिनिने टिमोथी रे ब्राउन जो संक्रमित भएर पनि एचआइभी मुक्त भएका थिए, क्यान्सरका कारण उनको मृत्यु भएको जनाइएको छ । केही दिन पहिले उनको मृत्यु भएको हो । ब्राउनको ५४ वर्षको उमेरमा निधन भएको हो ।
ब्राउनको यही मंगलबार मृत्यु भएको हो । ब्राउनलाई सन् २००७ मा क्यान्सर लागेको थियो ।
उपचारका लागि एक यस्तो व्यक्तिले ब्राउनलाई आफ्नो बोनम्यारो दिएका थिए जसमा प्राकृतिक रूपमा एचआइभीविरूद्ध प्रतिरोधी क्षमता थियो ।
जसबाट ब्राउन एचआइभीको संक्रमणमुक्त भए । तर, पछि उनलाई क्यान्सर लागेको थियो ।
ब्राउन एचआइभी संक्रमित भएको सन् १९९४ मा पत्ता लागेको थियो । त्यसपछि सन् २००७ मा उनलाई अक्युट माइलाइड ल्युकिमिया भएको थियो ।
उपचारका लागि ब्राउनलाई बोनम्यारो ट्रान्सप्लान्ट गरिएको थियो । बोनम्यारो दाताको डिएनएमा CCR5 जीनमा म्युटेसन थियो । यही म्युटेसनका कारण भाइरस शरीरको सेल (कोस)मा संक्रमण गर्दथ्यो । म्युटेसनकै कारण एचआइभी इन्फेक्सनविरूद्ध प्रतिरोधी क्षमता पैदा भएको थियो ।
उपचारपश्चात् ब्राउनको रगतमा एचआइभीको इन्भेक्सन पाइएको थिएन । उनलाई त्यसपछि एन्टी रेट्रो भाइरल (एचआइभी संक्रमितहरूलाई दिइने एक खास प्रकारको औषधि) थेरापीको आवश्यकता परेको थिएन ।
तर, यसवर्ष उनमा फेरी क्यान्सर देखिएको थियो । जसले उनको मस्तिष्कलगायतका शरीरका अंगहरूमा फैलिएको थियो ।
तस्बिर स्रोत