काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड-१९)का २ हजार भन्दा ७ सय २२ जना संक्रमितहरू फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।
यससँगै नेपालमा कुल संक्रमितहरूको संख्या ८२ हजार ४ सय ५० पुगेको उनले जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा हालसमम ६० हजार ९ सय ९६ जनाले कोरोना जितेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
उपत्यकामा थपिए १६३८ संक्रमित
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार ६ सय ३८ जना नयाँ संक्रमितहरू भेटिएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय ८०, ललितपुरमा १ सय ६२ र भक्तपुरमा १ सय ९६ गरी उपत्यकामा कुल १६ सय ३८ जना संक्रमित भेटिएका हुन् ।
मृतकको संख्या ५ सय २०
पछिल्लो २४ घण्टामा नेपालमा ११ जना कोरोना संक्रमितहरूको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४ जना महिला र ७ जना पुरूस रहेको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना ५ सय २० जना संक्रिमितहरूको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।