काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमितहरूको संख्या ३ करोड ५१ लाख २१ हजार ८ सय ५० जनालाई संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसका सम्बन्धमा जानकारी दिँदै आएको वर्ल्डोमिटरको पछिल्लो तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या साढे ३ करोडभन्दा बढी रहेको हो ।
त्यस्तै कोरोनाका कारण हालसम्म १० लाख ३७ हजार ५ सय २० जनाको मृत्यु भएको पनि सो तथ्यांकले देखाएको छ ।
त्यस्तै २ करोड ६१ लाख १६ हजार ७ सय ५५ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।
हाल विश्वभर ७९ लाख ६७ हजार ५ सय ७५ सक्रिय संक्रमित रहेकामा ६६ हजारभन्दा बढीको अवस्था भने क्रिटिकल रहेको वर्ल्डोमिटरको तथ्यांक छ ।
उक्त तथ्यांक अनुसार अमेरिकामा २ लाख १४ हजार २ सय ७३, ब्राजिलमा १ लाख ४६ हजार ११, भारतमा १ लाख १ हजार ८ सय १२, रूसमा २१ हजार २ सय ५१ तथा कोलम्बियामा २६ हजार ५ सय ५६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै अमेरिकामा ७६ लाख ४ सय २०, भारतमा ६५ लाख ४७ हजार ४ सय १३, ब्राजिलमा ४९ लाख ६ हजार ८ सय ३३, रूसमा १२ लाख ४ हजार ५ सय २ तथा कोलम्बियामा ८ लाख २४ हजार ९ सय ८५ जना संक्रमितहरू पुगेको वर्ल्डोमिटरले जनाएको छ ।