काठमाडौं । विश्वभर नै त्रासको वातावरण सिर्जना गरेको कोरोना भाइरसको संक्रमण फैलने दर नियन्त्रणमा आउन सकेको छैन । सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट सुरू भएको मानिएको कोरोना भाइरस अहिले विश्वव्यापी चिन्ताको विषय बनेको छ ।
वैज्ञानिक तथा अनुसन्धाताहरू यसको भ्याक्सिन निर्माणमा जुटेका छन् । तर, भ्याक्सिन प्रचलनमा आउन अझै केही समय पर्खनुपर्ने रिपोर्टहरू प्रकाशित भइरहेका छन् ।
साथै भ्याक्सिन निर्माणका क्षेत्रमा महत्वपूर्ण सफलता हासिल भएका समाचारहरू पनि आएका छन् । तर, ती सबै परीक्षणकै क्रममा छन् ।
लकडाउन लगाएको लामो समय भएकाले मानिसहरूले पनि अलि खुला रूपमा हिडडुल गर्न थालेका छन् । जसका कारण संक्रमण फैलने तथा जोखिम अझ बढेको छ । सोही कारण संक्रमण दिनदिनै फैलिरहेको छ ।
कोरोनाका सम्बन्धमा तथ्यांकीय जानकारी दिँदै आएको वर्ल्डोमिटरका अनुसार विश्वभर ३ करोड, ७१ लाख ५२ हजार भन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ ।
त्यसमध्ये १० लाख ७३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
वर्लडोमिटरका अनुसार हला विश्वमा ८१ लाख ६० हजारभन्दा बढी सक्रिय संक्रमितहरू छन् । तिमध्ये ६८ हजारभन्दा बढीको अवस्था गम्भीर छ ।
त्यस्तै २ करोड, ७९ लाख १८ हजारभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।