काठमाडौं । जाजरकोट जिल्लामा तत्कालीन एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरु बीचको एकता टुंगो लागेको छ ।
एकता टुंगो लागेसँगै विवाद पनि देखिएको छ । असन्तुष्ट पक्षले अनेरास्ववियूका संयोजक तथा सहसंयोजकलाई असहमति पत्र पठाएका छन् ।
एकता प्रक्रियाप्रति अनेरास्ववियू केन्द्रिय निर्वाचन आयोग सदस्य शेखर बोहरा र साविकको अनेरास्ववियु जाजरकोट जिल्ला सचीव रामचन्द्र घर्तीले असन्तुष्टि जाहेर गरेका छन् ।
होटेलको बन्द कोठामा निजि स्वार्थले निर्मित अनेरास्ववियू जिल्ला कमिटी किमार्थ स्वीकार नगर्ने बोहराले बताएका छन् ।
साविकको जिल्ला कमिटीमा क्रियाशिल भएर काम गरेकालाई बाइपास गर्दै बनेको नयाँ जिल्ला कमिटीले काम गर्न नसक्ने भन्दै उनीहरूले केन्द्रीय कमिटी संयोजक तथा सहसंयोजकलाई मंगलबार असहमति पत्र पठाएका छन् ।
कमिटिको पुनर्गठनमा छलफल गरेर गुटगत मानसिकताबाट समायोजन भएको भन्दै उनीहरूले नयाँ कमिटी बनाउन माग गरिएको छ ।
अनेरास्ववियु जाजरकोटमा प्रदिप खड्का संयोजक, कृष्णबहादुर सिंह सह संयोजक रहने गरी ५१ सदस्यीय जिल्ला कमिटि गठन भएको छ ।
यस्तै, अनेरास्ववियु जाजरकोटमा १६ सदस्यीय सचिवालय सदस्य रहने गरि गठन गरिएको छ । यस्तै, अनेरास्ववियू जाजरकोटले पालिका स्तरीय कमिटी समित टुंगो लगाएको छ ।