काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितहरूको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा कोरोना भाइरसका कारण ६ सय ७५ जना संक्रमितहरूको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म १ लाख १७ हजार ९ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २१ सय ७५ जना कोरोना संक्रमितहरू निको भएका छन् । यससँगै नेपालमा हालसम्म ८० हजार ९ सय ५४ जनाले कोरोना भाइरसको संक्रमण जितेको गौतमले जानकारी दिएका छन् ।
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजारभन्दा माथि पुगेको मन्त्रालयको तथ्यांक छ । प्रवक्ता गौतमका अनुसार हाल नेपालमा ३६ हजार ३ सय ६७ जना सक्रिय संक्रमितहरू रहेका छन् ।
उनका अनुसार बुधबार १३ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म कुल १२ लाख २१ हजार ३८ जनाको पिसिआर परीक्षण गरीएको मन्त्रालयले जनएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये १ हजार ४ सय ३ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ९ सय ९६, ललितपुरमा ३ सय ५ र भक्तपुरमा १ सय २ गरी काठमाडौं उपत्यकामा १४ सय ३ जना संक्रमित थपिएको गौतमले जानकारी दिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२ जना कोरोना भाइरसका संक्रमितहरूको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म ६ सय ७५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ ।