काठमाडौं । नवजात शीशु कहाँ हुन्छ ? स्वाभाविक उत्तर हो आमाको काखमा, घरमा सुरक्षित रूपमा या उसका आफन्तहरूको मायालु अंगालोमा ।
नेपालीमा एउटा भनाई छ, 'बालबालिका सबैका राम्रा र मायालु लाग्छन्, आफ्ना त झनै मायालु र राम्रा लाग्छन् ।' वास्तवमा वालबालिका देखेर जसलाई पनि उप्रति स्नेह जागेर आउँछ ।
तर, सबैको हकमा यस्तो कुरा लागू नहुँदो रहेछ ।
एउटा त्यस्तै समाचार बाहिर आएको छ । समाचार भारतस्थित उत्तराखण्डस्थित उधम सिंह नगर जिल्लाको हो । त्यहा एउटा यस्तो घटना बाहिर आएको छ जसले मानवीयता माथि नै प्रश्नचिह्न उठाएको छ ।
समाचार अनुसार त्यहास्थित खटिमा क्षेत्रको चटिया फार्मस्थित ग्रामीण क्षेत्रको एक खेतमा नवजात शीशुलाई कसैले जिउँदै जमीनमा गाडिदिएको थियो । केही दिनको मात्र उक्त शीशुलाई उसका आफन्तले नै यस्तो अमानवीय व्यवहार गरेको हुनसक्ने अनुमान गरिएको छ ।
यसको बारेमा जानकारी त्यसबेला मिलेको थियो जब सो खेतका मालिक कुन्डल सिंह भण्डारी आफ्नो खेतमा पुगे । बुधबार बिहान भण्डारी आफ्नो खेतमा काम गर्नका लागि गएका थिए । त्यहाँ उनले खेतको एक कुनामा शीशु रोइरहेको आवाज सुने ।
त्यसपछि भण्डारी शीशुको आवाज आएको स्थानतर्फ गए । त्यहाँ पुगेर हेर्दा त उनी छक्क परे । त्यहाँ उनले केही दिन मात्रको शीशुलाई फेला परे जसका केही भाग जमीनमा गाडिएको थियो ।
त्यसपछि भण्डारीले गाउँका अन्य मान्छेलाई पनि बोलाए । गाउँका अरू मान्छेहरू पनि जम्मा भए । महिलाहरूले उक्त शीशुलाई बाहिर निकाले र सफा गरे । बच्चा जिउँदै थियो ।
गाउँलेले शीशुलाई हतार-हतार अस्पताल पुर्याए । गाउँलेले यसबारेमा प्रहरीलाई सूचना दिए ।
अस्पतालका चिकित्सकहरूका अनुसार अस्पताल ल्याइपुर्याउँदा शीशुको अवस्था एकदमै खराब थियो । उसको शरीर निलो भएको थियो । अस्पतालमा शीशुलाई इमर्जेन्सी ट्रिट गरिएको छ भने अहिले अवस्था खतरामुक्त रहेको अस्पताललाई उधृत गर्दै जी न्युजले आफ्नो अनलाइन संस्करणमा लेखेको छ । अहिले शीशु चिकित्सकको रेखदेखमा छ ।
समाचारमा जनाइएअनुसार नवजात शीशुमाथि भएको यो अमानवीय व्यवहारले स्थानीयहरू आक्रोशित बनेका छन् । स्थानीयले कसैले समाजमा प्रतिष्ठाको डरले यस्तो कार्य गरेको अनुमान गरेका छन् ।
स्थानीयले प्रशासनसँग यस्तो अमानवीय व्यवहार गर्नेलाई पक्राउ गरी कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरेका छन् ।
अहिले शीशुको अवस्था सामान्य रहेको र उसलाई आफ्नो सन्तानका रूपमा ग्रहण गर्न ईच्छुक दम्पतिले ग्रहण गर्न चाहिरहेको समाचार जि न्युजले लेखेको छ ।