काठमाडौं । प्रेमिका भेट्न उसको घर पुगेका प्रेमी रातभर कुटिन्छन् । र, भोलिपल्ट उनीहरूको विवाह हुन्छ ।
सुन्दा अचम्म जस्तो लाग्ने यो घटना भारतस्थित उत्तरप्रदेशको रामपुरको हो । जहाँ प्रेमिका भेट्न पुगेका प्रेमीलाई युवतीका आफन्तले रातभर पिटे र भोलिपल्ट उनीहरूको विवाह गरिदिए ।
जनसत्ता डटकमले जनाएअनुसार उत्तरप्रदेश स्थित रामपुरको सुमाली गाउँका प्रेम सिंह सोही गाउँकी लक्ष्मीबीच पछिल्लो केही समयदेखि प्रेम रहेको थियो ।
यसैबीच शनिबार राति करिब १२ बजे प्रेम सिंह प्रेमिकासँग भेट्नका लागि उनको घर पुगेका थिए । राति कै समयमा युवतीका परिवारले प्रेम सिंहलाई युवतीको कोठामा फेला पारेका थिए ।
त्यसपछि घरमा हल्लखल्ल मच्चियो । हल्लखल्ल सुनेपछि गाउँलेहरू पनि त्यहाँ पुगे । यसपछि आफन्त र गाउँलेले प्रेम सिंहलाई कुटपिट गरे ।
प्रेम सिंहलाई रातभर एक कोठामा बन्द गरियो र भोलिपल्ट विहान उनलाई गाउँलेले प्रहरीलाई बुझाइदिए ।
जनसत्ताका अनुसार अपर पुलिस अधिक्षक अरूण कुमार सिंहले रातभर कुटपिट गरेपछि युवतीका आफन्तले प्रेम सिंहलाई प्रहरी समक्ष बुझाएको मिडियालाई जानकारी दिएका थिए ।
यो मामिला प्रहरीसमक्ष पुगेपछि दुवै पक्ष आपसी सम्झौताका लागि तयार भए ।
त्यसपछि दुवै पक्ष प्रेम सिंह र लक्ष्मीको विवाहका लागि मञ्जुर भए । र उनीहरूको विवाह सम्पन्न भयो ।