काठमाडौं । चागुँनारायण नगरपालिकाको आर्थिक सहयोग र आयोजनमा कोरोना (कोभिड-१९) सम्बन्धी जनचेतना अभिवृद्धिका लागि 'कहर' सडक नाटक ९ वटा वडाको १० स्थानमा प्रदर्शन गरी समापन गरिएको छ ।
आरम्भ कलाकारहरुको समूह नामक नाट्य सस्थाको प्रस्तूती सडक नाटक 'कहर' ९ वटा वडाको १० स्थानमा प्रदर्शन गरी समापन भएको हो ।
कोभिड-१९ अर्थात कोरोना महामारीको रोकथामका लागि नगरपालिकाले नगरबासीमा चेतना जगाउन सो नाटक प्रदर्शनको आयोजना गरेको थियो ।
एक घण्टा लामो नाटकमा व्यक्तिगत सरसफाई तथा कोरोना रोग र रोकथामबारे समसामयिक रुपमा उठान गरेएको थियो ।
चागुँनारायण नगरपालिका प्रमुख सोम मिश्रको उपस्थितिका नाटक समापन गरिएको थियो ।
नगरपालिकले नगरबासीमा कोरोनको सचेतना बिभिन्न माध्यमबाट जगाउँदै आएकोमा सडक नाटक प्रभावकारी रहेको नगरप्रमुख मिश्रले बताए ।
मङ्सिर ५ गतेदेखि सुरू गरेर ९ गतेसम्म नगरपालिकाको विभिन्न स्थानमा नाटक प्रदर्शन गरिएको थियो । नाटकको नाट्य संयोजक कृष्णचन्द्र न्यौपाने र नाटकका निर्देशक प्रभाकर न्यौपानेले गरेका थिए ।
नाटकमा चर्चित रंगकर्मी तथा कलाकर्मिहरु राजेंद्र गद्तौला, प्रल्हाद खरेल, राधा श्रेस्ठ, विश्वदिप घिमिरे, राजन भुजेल, सरस्वति अधिकारी र मन्जु गिरी आदिको अभिनय तथा संगीत संयोजन सुरेस चन्द्र न्यौपानेको थियो ।
सडक नाटक अन्य नगरपालिकाहरुमा पनि प्रदर्शनी गर्ने योजना रहेको नाटकका निर्देशक तथा आरम्भ कलाकरहरुको समूहका अध्यक्ष प्रभाकर न्यौपानेले जनकारी दिए ।