काठमाडौं । नेपाल वेद विद्याश्रम ४७ औं वर्ष प्रवेश गरेको छ । विं.सं. २०३१ सालमा स्थापना भएको वेद विद्याश्रम आजबाट आफ्नो ४६ औं वर्ष पूरा गरि ४७ वर्षमा प्रवेश गरेको हो ।
नेपाल वेदविद्याश्रम पशुपति क्षेत्र विकास कोषको शैक्षिक उपक्रम हो । यो पाशुपति क्षेत्रमा अवस्थित छ ।
विं.सं. २०२६ सालमा निर्माण प्रारम्भ भइ २०३१ बाट पठनपाठन आरम्भ भएको वेद विद्याश्रमबाट विं.सं. २०४३ बाट प्रवेशिका परीक्षामा सामेल भई हालसम्म निरन्तर रूपमा अघि बढिरहेको छ ।
गुठीसंस्थानको स्वामित्वमा स्थापित यो विद्यालय २०५६ सालदेखि पशुपति क्षेत्र विकाष कोषमार्फत् सञ्चालित छ ।
वेद, व्याकरण, नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक, रुद्री, गीता, चण्डी, कर्मकाण्ड, वेद, अनुवाद, संस्कृत भाषा, ज्योतिष, उपनिषद्, साहित्यलगायत ग्रन्थहरूको अध्यायन अध्यापन हुँदै आएको छ ।
सम्पूर्ण आबासीय नि:शुल्क सुविधासहित लगभग ६० जिल्लाका ११० जना विद्यार्थीहरू छात्रबासमा रहेर अध्ययन गरिरहेका छन् ।