काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजा र राजावादीहरुलाई राष्ट्रवादी नभएको टिप्पणी गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । पछिल्लो समय राजतन्त्रको पक्षमा भइरहेको प्रदर्शनतर्फ संकेत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘पूर्वराजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई ’राष्ट्रवादी’चैं नभनून्,' उनले लेखेका छन्, 'उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून् ।'
नेपालमा गणतन्त्रको जग हल्लिँदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ, भन्नेबारेमा राजावादीहरूले सोच्नुपर्ने भट्टराईले जनाएका छन् ।
गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका चार खुट्टा भएको भन्दै कुनै एउटा खुट्टा भाँचिदा पूरै खाट लड्छ भन्ने वैज्ञानिक तथ्यलाई बुझ्न पनि उनले आग्रह गरेका छन् ।
‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका चार खुट्टा हुन्,' भट्टराईले लेखेका छन्, 'यीमध्ये कुनै एक खुट्टा भॉचिँदा पूरै खाट लड्छ । यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी, एकल धर्मवादी, संघीयता विरोधीहरूले बेलैमा बुझून् । चकचके बॉदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून् !