काठमाडौं । एक युवालाई बलात्कारको आरोपमा पक्राउ गरिन्छ । उसलाई एक युवतीमाथि जबर्जस्ती गरेको अभियोगमा दोषी ठहर गरिन्छ र सजाय दिइन्छ ।
सजाय हुन्छ उसलाई १४६ बेत अर्थात् १४६ लठ्ठी । यो सजायको कार्यान्वयन सार्वजनिक स्थानमा गरिन्छ । तर, युवकमाथि बेत बर्साउँदै जाँदा उ पीडाले कराउँछ, चिच्याउँछ अनि बेहोस हुन्छ ।
बेहोस भएपछि डाक्टर आउँछन्, उसको उपचार हुन्छ उ ठिक हुन्छ । त्यसपछि पुनः उमाथि बेत बर्साइन्छ ।
यो घटना हो इन्डोनेसियाको । त्यहास्थित मेल अनलाइनले प्रकाशन गरेको रिपोर्ट अनुसार बलात्कारको अभियोगमा एक युवालाई यस्तो सजाय दिइएको हो । ती युवाको उमेर १९ वर्षको थियो । उनलाई सजाय दिइरहँदा उनी लगातार रोइरहेको तथा चिच्याएका थिए ।
समाचारमा जनाइएअनुसार इन्डोनेसियाको अचेमा यस्तो सजाय कुख्यात अपराधीहरूलाई दिने गरिन्छ । त्यहाँ इश्लामिक कानुन सरिया अनुसार यस्तो सजाय दिइएको जनाइएको छ । समाचारअनुसार इन्डोनेसियाको त्यो एकमात्र यस्तो क्षेत्र हो जहाँ सरिया कानुन लागू भएको छ ।
त्यस क्षेत्रमा करिब ५० लाख मानिस बस्ने गरेको र त्यसमध्ये ९८ प्रतिशत मुस्लिम रहेको जनाइएको छ । सन् २००१ मा इन्डोनेसिया सरकाले त्यस क्षेत्रलाई स्वायत्तता दिएको थियो । त्यसयता त्यहाँ सरिया कानुन लागू छ ।
बेत (लठ्ठी) हान्दै गएपछि आरोपी युवा बेहोस भएको थियो । त्यसपछि चिकित्सकले तुरून्त युवकको जाँच गरेका थिए । त्यसपछि ति युवा ठिक भएपछि पुनः उनी उपर लठ्ठी बर्साइएको थियो ।
यसअघि पनि सेप्टेम्बरमा रोनी नाम गरेको एक व्यक्तिलाई त्यहाँ १६९ बेतको सजाय दिइएको थियो । ती व्यक्ति पनि बीचमा बेहोस भएका थिए ।