सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा फेरि ठूलो संख्यामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
बिहीबार भएको एक कार्यक्रममा नेपाली कांग्रेसका १ सय ५ जना नेता तथा कार्यक्रर्ताहरु नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् । नेकपा हरिहरपुरगढीद्वारा आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरेर नेकपामा प्रवेश गरेका हुन् ।
नेकपा हरिहरपुरगढी गाउँकमिटिका अध्यक्ष मानबहादुर वाइवाको अध्यक्षता तथा नेकपाका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज कमलजंग राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुलाई नेकपाका नेताहरुले स्वागत गरेका छन् ।
यस अघि हरिहरपुरगढी गाउँपालिका ७ पानतलेमा केही दिनअघि आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका १ सय ५० जना नेता कार्यकर्ताहरु नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपामा प्रबेश गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा केन्द्रीय सदस्य तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहाल, पार्टी सचिव प्रदीप कटवाल लगायतले पार्टीको नीति, कार्यदिशा र आगामी रणतीतिका बारेमा प्रशिक्षण दिएका छन् ।
यस्तै नेकपा सिन्धुलीका सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख ज्वाला प्रसाद न्यौपाने (पुकार) हरिहरपुरगढी गाउँपालिकाकी उपाध्यक्ष अनिताकुमारी राई, युवा नेता भुवन राई लगायतले कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडाका स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा सहभागिहरुलाई नेकपा सिन्धुलीका सचिवालय सदस्य तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन नेकपा हरिहरपुरगढी सिन्धुलीका सचिव बाबुराम राईले गरेका थिए ।