काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले राष्ट्रिय सभाको रोष्टममै थुकेका छन् । आइतबार संघीय संसदको राष्ट्रिय सभा बैठकमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले रोष्टममै थुकेका हुन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी १४ तारिखमा भारत भ्रमणमा जान लागेको प्रसंग बोलिरहँदा प्रधानमन्त्रीले थुकेको भिडियोमा देख्न सकिन्छ ।
देश निर्वाचन उन्मुख भयो
सम्बोधनका क्रममा उनले जनादेशाअनुसार सरकार अघि बढिरहे पनि बहुमतलाई खण्डित गर्ने र अनुचित अलोकतान्त्रिक लेनदेन गरेर मुलुकको राजनीतिलाई अस्थिरतातर्फ उन्मुख बनाउन खोजिएको टिप्पणी गरे ।
उनले प्रतिनिधिसभा लगातार पाँच वर्ष चल्ने तथा देश, जनता, संविधान र लोकतन्त्रको रक्षामा जाने सोचिएको भए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गर्ने र छ/छ महिनामा सरकार फेर बदल्ने मनशायले राजनीतिक अस्थिरता उत्पन्न गर्ने काम भएको बताए ।
अलिकति समयअघि नै प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनका लागि जनादेशमा जाने निर्णय गरिएको बताउँदै उनले अब देश निर्वाचनोन्मुख भएको उल्लेख गरे ।
यही पुस १७ गतेदेखि शुरु भएको हिउँदै अधिवेशनको बैठकमा प्रधानमन्त्री ओलीले भने, 'जनताको इच्छा पाँच वर्ष सरकार टिकोस् भन्ने थियो । सरकार सञ्चालन गर्ने दलभित्रै चरम अस्वस्थताको अवस्था आयो । सरकारका प्रस्ताव निर्णयार्थ पेश पनि नगरिदिने प्रयास भयो ।'
नेपाली भूमि फिर्ता भएरै छाड्छ
कतिपयले नेपालकै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्शा बनाउँदा सम्बन्ध बिग्रिन्छ भनेको तर सरकारले नेपालको नयाँ नक्शामा उक्त भूमि समेटेर संविधानको अङ्गसमेत बनाएको उनले बताए ।
'अब मित्रताका आधारमा भारतसँग छलफल हुँदैछ,' उनले भने, 'नेपाली भूमि फिर्ता भएरै छाड्छ ।'
ओलीले यसअघि संविधान जारी गरेवापत गरिएको नाकाबन्दीको दृढतापूर्वक सामना गरेको र चीनसँग यातायात र पारवाहन सम्झौता गरी नेपाललाई भूजडित बनाएको स्मरण गराए ।
गफ पिट्ने दिन गए
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले गफ फिट्ने दिन गएको बताए । केपी ओलीको लोकप्रियताको ग्राफ शून्य भयो भन्नेहरूलाई चुनावमा जान उनले आग्रह गरेका छन् ।
‘गफ फिट्ने दिन गए । गफ फिटेर हुन्न, चुनावी मैदानमा अब आउनुस्,’ उनले भने । उनले कुरा फिटेरभन्दा पनि काममा तुलना गर्न आग्रह गरेका छन् ।