काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता सामाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई महान् राष्ट्रबादी, हक्की र कसैसँग नझुक्ने जस्ता प्रायाजित पगरी गुथाइन थालेको टिप्पणी गरेका छन् ।
डा. भट्टराईले ओली प्रतिगमनलाई मत्थर गर्न, विषयान्तर गर्न यस्तो चाल चालिएको आरोप लगाएका छन् ।
नेता भट्टराइले २०१७ सालको महेन्द्रको कु लाई झैं स्थापित गर्न प्रायोजित पगरी भित्री बाहिरी शक्तिहरूबाट गुथाइन लागेको उनको टिप्पणी छ ।
'नेपाली जनता र देशलाई उही निरंकुशता र अल्पविकास परनिर्भरतामा फसाइनेछ चेतना भया’ उनले भनेका छन् ।
प्रधानमन्त्री कपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी चुनावी मिति तोकेपछि मुलुकमा राजनीतिक द्धन्द्ध बढेको छ । नेकपाकै दुइतिहाई केन्द्रीय सदस्य आफूसँग भएको दावी गर्दै एक समुह प्रचण्ड नेपाल समुह सडक आन्दोलनमा छ ।
'ओली प्रतिगमनलाई मत्थर गर्न, विषयान्तर गर्न र अन्तत: स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसंग नझुक्ने आदिइत्यादि प्रायोजित पगरी भित्री/बाहिरी शक्तिहरूबाट गुथाइनेछ,' डा. भट्टराईले भनेका छन्, 'नेपाली जनता र देशलाई उही निर्ंकुशता र अल्पविकास/परनिर्भरतामा फसाइनेछ ! चेतना भया !'