काठमाडौं । जनवरमाथि हुने गरेका अत्याचारका समाचारहरू समय समयमा आउने गरेका छन् ।
केही मानिसले जनावरमाथि क्रुरता प्रदर्शन गर्दै आएका छन् । र, त्यस्ता कार्यको आलोचना पनि हुँदै आएको छ ।
यस्तो एक घटना काजकिस्तानबाट पनि भएको छ । जहाँ एक व्यक्तिले आफ्नो कारको पछाडि एउटा कुकुरलाई बाँधेर घिसारेका छन् ।
उनले उक्त कुकुरलाई पूरा शहरभरी घिसारेका छन् । त्यसरी घिसारिँदा उक्त कुकुरको शरीरभरी घाउ भएको छ भने थुप्रै स्थानबाट रगत निस्किएको छ ।
समाचारमा जनाइएअनुसार यो घटना यही जनवरी ७ को हो । यो घटनाको भिडियो पनि आएको छ ।
कारवाला व्यक्तिले कुकुरलाई घिसारिरहँदा मोटरसाइकलमा सवार एकजनाले उक्त कारवालालाई सोधे यो के गरेको भनेर ?
त्यसको जबाफ उक्त कारवाला व्यक्तिले दिएनन् । त्यसपछि बाइकवालाले हर्न बजाए, त्यसपछि कार रोकियो ।
कार रोकिएपछि उक्त व्यक्तिले अमानवीय तवरबाट कुकुरलाई लात्तीले पन्छाएर कार लिएर भाग्यो । बाइकवाला व्यक्तिका अनुसार सडकमा कुकुरको थुप्रै रगत लत्पतिएको थियो ।
त्यसपछि जनावरको हितमा काम गर्ने एक संस्थाले कुकुरलाई आफ्नो साथमा लिएर गयो र सामाजिक सञ्जालमा यसको सम्बन्धमा जानकारी दियो ।
समाचारमा जनाइएअनुसार त्यसपछि उक्त संस्थाको संरक्षणमा रहेको कुकुरलाई पेनकिलर दिएर उपचार सुरू गरिएको छ ।