गृहमन्त्री रामबहादुर थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मांसहारी आन्दोलन गरे चिडियाखानामा लेगर राख्ने चेतावनी दिएपछि पूर्वखानेपानी मन्त्री बिना मगरले आपत्ति जनाएकी छन् ।
ओली समूहले शुक्रबार राजधानीमा आयोजना गरेको जनसभामा गृहमन्त्री थापाले आन्दोलन हिंसात्मक बने अध्यक्ष प्रचण्डलाई नै जेलमा थुन्ने अभिव्यक्ति दिएका थिए ।
प्रचण्डकी बुहारीसमेत गरेकी पूर्वमन्त्री मगरले गृहमन्त्रीको अभिव्यक्तिको आलोचना गर्दै चेतावनी दिएकी हुन् ।
उनले लेखेकी छन्,
‘आज मौसम कठ्यांग्रिदो चिसो बोकेर आयो । हिमपात, केही वर्षा, अनि सितलहरले दिन भरजसो देस, मुटु नै काप्ने चिसोमा, पारिलो घामको न्यानो खोजिनै रह्यो । सन्दर्भ पनि क्या गजबको । आज बादल क्षितिजमा हैनकी, नारायणहिटी दरबार अगाडी गर्जिएछ । बादललाई बादल बनाउने धरातल माथि ब्ययड्ंग्य कस्दै प्रचण्डलाई चिडियाखाना पुर्याउने ध्वास दिएछ । हेक्का रहोस, वर्षात अघि गर्जिने बादल क्षणिक हुन्छ । मौसम उघ्रिएसंगै बादल फाटेको क्षितिज निकै सुन्दर हुन्छ ।’
हालको केपी शर्मा ओली सरकारमा खानेपानी मन्त्री रहेकी बिना मगरले प्रतिनिधिसभा विघटनपछि सरकार छाडेकी थिइन् ।
प्रधानमन्त्री अोलीको कदमप्रति असन्तुष्टि राख्दै मन्त्री मगरसहित प्रचण्ड–माधव समूहमा अन्य मन्त्रीले पनि सरकार छाडेका थिए । प्रधानमन्त्री ओली र गृहमन्त्री थापाले पछिल्लो समय विपक्षी गुटप्रति कडा अभिव्यक्ति दिँदै आएका छन् ।