- अञ्जली मिश्रा
यो त्यो समयको कुरा हो जब जगजित सिंह नौजवान थिए र चित्राले उनलाई गायकीमा साथ दिन सुरु गरेकी थिइन् । सन् १९८० को दशकमा जगजीत र चित्राले ‘द अनफरगेटेबल्स’ एल्बमबाट युगल गायन सुरु गरेका थिए ।
त्यसपछि यो शीर्षक यो युगलका लागि सदैव पहिचान जस्तै बन्यो । जगजीत–चित्रा सिंह गजल दुनियाको त्यो जोडी बन्यो जुन त्यसबेलाका हरेक नौजवानको संग्रहमा हुनु जरुरी थियो । यिनको गायकीले स्रोतालाई एक अलग्गै दुनियामा पुर्याउँथ्यो देख्ने–सुन्नेसँग एक अलग सम्बन्ध बनाउँथ्यो ।
यी दुई जुन रुपमा डुबेर गाउँथे त्यो देख्नु पनि कम्ती आनन्ददायी थिएन ।
सन् ८० को दशकको उत्तरार्धले गजल पारखीहरुका लागि नयाँ उपहार ल्यायो, जब यो जोडीको दोस्रो रेकर्ड ‘कम अलाइब’ आयो । यो रेकर्डिङमा जुन नयाँ कुरा आयो त्यो थियो लाइभ रेकर्डिङ ।
यसमा गजल सुनाउँदा सुनाउँदै जगजीत स्रोताहरुसँग बातचित गर्दै गरेको पनि सुनिन्थे । साथै उनी बीचबीचमा ठट्टा पनि गर्दथे र चुट्किला पनि सुनाउँथे ।
भलै यो कुरा कमैलाई मात्र थाहा थियो कि ‘कम अलाइब’ बम्बईको एक स्टुडियोमा काल्पनिक कन्सर्टको रुपमा रेकर्ड भएको थियो । यहाँ दर्शकको प्रतिक्रियालाई अलग्गै समावेश गरिएको थियो, ता कि स्रोताहरुलाई सुन्ने क्रममा लाइभ सो जस्तो असर पैदा गर्न सकोस् ।
तर यसको अर्थ यो होइन कि– जगजीत–चित्राको लाइभ सो देख्ने या सुन्नेहरु कम थिए । सन् १९८२२ मा भएको जगजीत सिंहको लाइभ कन्सर्ट ‘लाइभ एट रोयल अल्बर्ट हल’ को टिकट केबल तीन घण्टामा बिक्री भइसकेको थियो ।
आफ्नो गजलमा जगजीत सिंहको आवाज जति गम्भीर र वजनदार महसुस हुन्थ्यो उनको लाइभ सो’मा उनले बनाएको माहोल भने उति नै रमाइलो र हल्का हृदयको हुने गर्दथ्यो ।
एकपटक कसैले जगजीतलाई सोध्यो– तपाईं गजलको बीचमा किन चुट्किला सुनाउनुहुन्छ ? उनको जबाफ थियो– अडियन्ससँग कनेक्ट गर्नका लागि, केबल गायकीले तपाईंसँग कनेक्ट हुन सक्दैन । साथै ओजपूर्ण गजल सुनाएपछि स्रोतालाई फेरि पहिलेकै अवस्थामा ल्याउनु पनि आवश्यक हुन्छ ।
हरेक कन्सर्टमा जगजीत स्रोताहरुको मात्र होइन आफूलाई प्रेम गर्नेहरुको पनि ख्याल गर्दथे । आफ्नो रेडियो अन्तर्वार्ताका क्रममा एकपटक चित्राले भनेकी थिइन्– उनी सो भइरहँदा आपसमा कुराकानी तथा चुट्किलेबाजी यसकारण गरिरहन्थे ता कि आफ्ना फ्यानहरुलाई केही बेर आराम मिलोस् ।
यो सबैभन्दा भिन्न मञ्चमा अरु केही पनि चलिरहेको हुन्थ्यो, त्यो केबल चित्राको हिस्सामा मात्र हुन्थ्यो ।
जगजीत गाइरहँदा चित्रालाई हेरेर मुस्कुराउँथे र नजरै नजरमा उनलाई छेडछाड गर्दथे । चित्रा जगजीतको यो छेडछाडबाट बँच्नका लागि चित्रा नजर तल गर्थिन् । चित्रा लजाएको देखेर तथा आफूले सुनाएको चुट्किलामा ताली लगाएको देखेर जगजीत मख्ख हुन्थे ।
जगजीत कहिलेकाँही आफू पञ्जाबी र श्रीमती बंगाली भएको भन्दै ठट्टा गर्दथे । जगजीत–चित्राको आँखामा यो स्पष्टै देखिन्थ्यो कि, जो यहाँ चलिरहेको छ त्यसैलाई प्रेम भनिन्छ । जगजीतको यो रुपमा निजी आयोजनहरुमा गाउँदा अझ निखार आउँथ्यो ।
मञ्चमा, गाउँने जगजीतका साथसाथै अरु जगजीतहरु पनि हुन्थे । एक जगजित स्रोताको वाहवाही लुट्दथे, एक जगजीत स्रोताहरुलाई मनोरञ्जन गराउँथे, एक जगजीत जसलाई आफ्ना साथी तथा फ्यानहरुको ख्याल हुन्थ्यो ।
त्यस्तै मञ्चमा एक जगजीत पनि हुन्थे, जो केबल चित्राको थिए ।
अञ्जली मिश्राले तयार पारेको यो सामग्री सत्याग्रहबाट साभार गरिएको हो ।