– नम्रता कचौलिया
साना–साना कुरामा पनि तनाब लिनेहरुले यो सम्झेका हुँदैनन् कि साना कुराले पनि यति तनाब दिन्छ भने त्योभन्दा ठूला कुरा भएमा के हुन्छ ? अथवा जसले वास्तवमा हामीभन्दा ठूला समस्यासँग जुझीरहेका छन्, उनीहरुको हालत के होला ? यसो भनौं कि हाम्रो दृष्टिकोणमा त उनीहरुको अन्त्य नै हुने थियो ।
वास्तवमा हामी जब आफूलाई कुनै समस्यामा उल्झिएको पाउँछौँ तब आफ्नो सोच र क्षमतालाई ध्वस्त बनाउनुभन्दा कयौँ गुण उत्तम त्यसको सामना गर्नमा ध्यान दिनुमा छ । र त्यो वास्तवमै सम्भव पनि छ । त्यसका लागि निम्न तरिका अपनाउनुहोस् ।
मुस्कुराउनुस्, खुसी रहने बानी बसाल्नुस्
मुस्कुराउनु कुनै कठिन कार्य होइन । परन्तु तपाईंले यस्ता व्यक्तिहरु कमै देख्नुहुन्छ जो हरबखत मुस्कुराउन सक्छन्, खुसी देखिन्छन् । यी ती व्यक्ति हुन् जससमा २४ सै घण्टा खुसीको सञ्चार हुन्छ । जसलाई तनाब जस्तो परिस्थितिले आफूतर्फ आकर्षित गर्न नै सक्दैन ।
किनकी खुसी उनीहरुको व्यक्तित्वको एक अहम् हिस्सा बन्न पुगेको हुन्छ, जसलाई परिवर्तन गर्न सजिलो छैन । यस्ता व्यक्तिहरुको आसपास पनि तपाईं हुनुहुन्छ भने तपाईं खुसी महशुस गर्न सक्नुहुन्छ ।
खुसी रहने यो बानीलाई उनीहरुसँग सिक्नुहोस् र आफूभित्र त्यसको अनुकरण गर्ने प्रयास गर्नुहोस् । किनकी दुनियाँमा त्यस्तो कुनै चिज छैन जो तपाईं सिक्न सक्नुहुन्न । तर सर्त के भने त्यसका लागि तपाईंले सत प्रतिशत इमान्दारीताका साथ मेहनत गर्नु आवश्यक छ ।
कल्पनालाई सहज बनाउनुस् असहज होइन
मानिस आफ्नो सोचबाटै बनेको हुन्छ । हामी पनि यो जान्दछौं कि सोचले हामीलाई कति धेरै प्रभावित बनाएको हुन्छ ? यसलाई यदि तपाईं प्रययाग गर्न चाहनुहुन्छ भने बिहान उठेर यो सोच्नुस् कि म खुसी छु र पूरा दिन यही सम्झनुस् । वास्तवमै तपाईं आफूलाई खुसी भएको पाउनु हुनेछ ।
फेरि अर्काे दिन बिहान यो सम्झनुस् कि म आज धेरै दुःखी छु । सो दिन तपाईं बिनाकारण तनाबमा हुनुहुनेछ । यो भिन्नताको कारण हाम्रो सोच हो ।
त्यसैले वास्तवमा आफ्नो सोचलाई सहज र सकारात्मक विचारधारद्वारा प्रवाहित बनाउनु आवश्यक छ । र त्यही दिशामा आफ्नो सोचलाई राख्ने प्रयास निरन्तर राख्नु पर्दछ ।
आफू स्वयंलाई प्रेम गर्नुस् र आफूलाई स्वीकार गर्नुस्
यो कुरा त हामी सबैलाई थाहै छ, हामी जसलाई प्रेम गर्दछौँ त्यो चिज चाहे मानिस होस् या जनाबर या कुनै बस्तु नै किन नहोस्, त्यसले हामीलाई सदैब खुसी प्रदान गर्दछ । यो यसकारण हुन्छ कि हाम्रो सोचमा सो व्यक्ति, वस्तु या जनावरप्रति सकारात्मकता हुन्छ ।
ठिक त्यसै गरी यदी हामी आँफैलाई प्रेम गर्न थाल्यौँ भने खुसीका लागि कोही अरुप्रति निर्भर हुनु आवश्यक छैन । किनकी त्यतिबेला हामी आफूलाई खुसी राख्न सक्दछौँ ।
र आफूमा खुसी खोज्नुअघि तपाईं जस्तो हुनुहुन्छ त्यस्तै आफूलाई स्वीकार गर्नुहोस् । अरुलाई देखेर खुसी प्राप्त गर्नुभन्दा कयौँ गुण उत्तम हुन्छ, आँफैसँग कम अपेक्षा र बढी प्रेम गर्नु ।
जीवनलाई महत्व दिनुस्, ईश्वरलाई धन्यवाद दिनुस्
मानिसको रुपमा यो जीवन हामीलाई पहिले ईश्वर र फेरि आमा–बाबुको कृपाले प्राप्त भएको हो । अर्थात् हामी जति जीवनलाई आफ्नोमात्र सम्झेर जति उल्झिएका छौँ, त्यसको बदलामा ईश्वरको सम्झिएर ईश्वरप्रति कृतज्ञता जायर गरी आफ्नो मनलाई पुनः ऊर्जावान गर्न सकिन्छ ।
जसरी वर्तमानमा जीउनु सर्वश्रेष्ठ मानिएको छ, ठिक त्यसैगरी यो पनि मान्नुस् कि यसपटक मानिसका रुपमा प्राप्त भएको जीवनलाई तनाब लिएर व्यर्थ हुन नदिनुस् ।
किनकी हामी पछिल्लो जीवन के थियो र अघिल्लो जीवन के हुनेछ ? भन्ने बारेमा केही पनि जान्दैनौँ । त्यसैले यसलाई मुस्कुराएर समझदारीका रुपमा किन लिन सक्दैनौँ ?
याद गर्नुस् तपाइईंको एक मुस्कान नै असल विचारलाई अकर्षित गर्न र खराब विचारलाई विकर्षित गर्ने क्षमता राख्दछ ।