आचार्य चाणक्यका बारेमा त धेरैलाई थाहा छ । राजनीति र नीतिशास्त्रमा आचार्य चाणक्यको स्थान उँचो छ ।
चाणक्यले धेरै पहिला अभिव्यक्त गरेका विचारहरू अहिले पनि धेरैले अनुसरण गर्ने गरेका छन् । जसका कारण उनका विचार अहिले पनि निकै लोकप्रिय छन् ।
चाणक्य विष्णु गुप्त र कौटिल्यको नामले पनि परिचित छन् । तिनै चाणक्यले यस्ता चार कुरा उल्लेख गरेका छन् जसको अनुसरण गर्दा सफलता पाउन सजिलो हुन्छ ।
चाणक्यले यस्ता चार कुरा उल्लेख गरेका छन् जुन कसैलाई पनि बताउनु राम्रो मानिँदैन । किनकी त्यस्ता कुरा अरूलाई बताउँदा अन्य व्यक्तिको तापाईंलाई हेर्ने दृष्टिकोण एकदमै फरक हुन्छ । जसका कारण तपाईंलाई सफलता पाउन असहज हुन्छ ।
त्यसैले तपाईंका पनि यी चार बानी छन् भने जति सक्दो चाँडो त्यसलाई छाड्नु श्रेयस्कर हुन्छ । आउनुस् चाणक्यले बताएका ती चार कुराका बारेमा चर्चा गरौँ ।
१. पैसाको कमीः
चाणक्यका आफूसँग पैसाको कमी छ या पैसा नै छैन भन्ने कुरा भरसक अरु व्यक्तिलाई भन्नु हुँदैन । जीवनका थुप्रै मोड आउँछन् । त्यस्ता मोडहरूमध्ये कतिपय मोडमा पैसाको कमी हुन पुग्छ । त्यस्तो अवस्थामा सवैलाई आफूसँग पैसा नभएको कुरा भन्नु हुँदैन । आफ्ना सहयोगीहरूसँग मात्र यो कुरा भन्नु उपयुक्त हुन्छ ।
आर्थिक रूपमा कमजोर हुँदा तपाईंले आफूलाई विश्वास गरेर अघि बढ्नुपर्ने हुन्छ । तपाईंलाई मन नपाराउनेहरू तपाईंलाई थप कमजोर बनाउन यस्तो अवस्थालाई मौकाको रूपमा पनि प्रयोग गर्न सक्छन् । त्यसैले अफ्ठेरो परेको कुरा अत्यन्त विश्वसनीय मित्रहरूसँग मात्र गर्नु उपयुक्त हुन्छ ।
२. घरयासी विवादः
सामान्य घरयासी विवाद घरमै सुल्झाउनु उपयुक्त हुन्छ । घरको विवाद बाहिर छताछुल्ल पार्नु हुँदैन । किनकी घरमा सामान्य वादविवाद हुन्छ । ती सबै कुरा बाहिर ल्याउँदा तपाईंको समस्या झन बल्झिन सक्छ ।
त्यसैले घरयासी विवादलाई सुझबुझपूर्ण तरिकाले घरैमा सुल्झाउनु उपयुक्त हुन्छ । सामान्यतायाः विवाद गर्दै नगर्नु राम्रो कुरा हो । तर, विवाद भइहाले पनि आफूले नै सुल्झाउनु उपयुक्त हुन्छ । अलि गम्भीर विवाद छ भने मात्र विवादको थप समाधानमा लाग्नुपर्छ । त्यसका लागि अन्य जान्नेसुन्ने व्यक्ति या सरकारी अधिकारी या कानुनको सहारा लिन सकिन्छ ।
बाहिरका मानिसहरूले तपाईंबारे थाहा पाएर तपाईंविरुद्ध षड्यन्त्र रच्न थाल्छन् जसले गर्दा घरमा झगडा पैदा हुन्छ । चाणक्यका अनुसार श्रीमान् र श्रीमतीबीचको कुराकानी पनि सिमित राख्नुपर्छ किनभने यस्ता कुरा दुबैको सम्मान र अपमानसँग जोडिएको हुन्छ ।
३. अपमानः
हाम्रो जीवनमा यस्ता थुप्रै पल आउँछन् जब हामीले अपमान सहनुपर्छ । चाणक्यका अनुसार अपमानित हुँदा अरु कुनै व्यक्तिसँग यसबारे चर्चा गर्नुहुँदैन ।
आफ्नो अपमानलाई गोप्य राख्नुपर्छ । मानिसहरूलाई यस्ता कुरा बताउँदा उनीहरूले तपाईंलाई मद्दत गर्नुको साटो तपाईंको खिल्ली उडाउन सुरु गर्छन् । यसले तपाईंको मनोबल टुट्छ ।
४. दुःख, पीडाः
आफ्नो दुःख पीडा सबैलाई बताउँदै हिँड्ने बानीले हामीलाई क्षती पुर्याइरहेको हुन्छ । अरुसँग तपाईंको दुःख, पीडा बुझ्ने समय नै हुँदैन । यस्तोमा तपाईंले आफ्नो दुःखबारे ती व्यक्तिसँग मात्रै चर्चा गर्नुपर्छ जसमाथि तपाईंलाई पूर्ण विश्वास छ ।