काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पुनर्जागरणका लागि सातबुँदे प्रस्ताव गरेका छन् ।
आफ्नो फेसबुक एकाउन्टमार्फत नेपाली वरिष्ठ नेता पौडेलले यस्तो प्रस्ताव प्रस्तुत गरेका हुन् । पौडेलले प्रस्ताव पार्टीलाई नवजीवन दिनका लागि ‘निमुखालाई न्याय र विपन्नलाई आय’ साकार पार्न कर्मशील कांग्रेसको निर्माण गर्नुपर्ने बताएका छन् ।
त्यस्तै लोकतान्त्रिक समाजवाद, समुन्नतिका आधार, हाम्रो बसोवास, व्यवस्थाको प्रश्न, सामाजिक–धार्मिक सद्भाव र परराष्ट्र सम्बन्धबारे प्रताव ल्याएका छन् ।
उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास र जनमुखी शासन आवश्यक रहेको भन्दै युवा केन्द्रित रोजगारी सिर्जना गर्नुपर्नेमा पनि पौडेलको जोड छ ।
हेर्नुस् पौडेलको ७ बुँदे प्रस्तावः
नेपाली कांग्रेसको पुनर्जागरण : मेरो दृष्टिकोण
१. पार्टीमा नवजीवन – ‘निमुखालाई न्याय र विपन्नलाई आय’ साकार पार्न कर्मशील कांग्रेसको निर्माण । सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि । देशभक्ति र फराकिलो राष्ट्रवादी विचार । संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस । न्याय, पारदर्शी मूल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार ।
२. लोकतान्त्रिक समाजवाद – उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास, जनमुखी शासन । युवा–केन्द्रित रोजगारी सिर्जना । श्रमको सम्मान गर्ने संस्कृति । एकीकृत सामाजिक सुरक्षा । सार्वजनिक दायित्व वहन गर्ने गतिशील निजी क्षेत्र । जिम्मेवारीबाट नपन्छिने, जतासुकै हस्तक्षेप नगर्ने कल्याणकारी राज्य । मानवीय न्याय, स्वतन्त्रता , मानवीय खुशी र शुखी समाजवादका अन्तिम लक्ष्य ।
३. समुन्नतिका आधार – प्रविधि प्रयोगी दक्ष नागरिक । स्वच्छ उर्जा । उच्च उत्पादकत्व सहितको रोजगारम’खी कृषि । बहुआयामिक वातावरण–मैत्री पर्यटन । प्रतिस्पर्धी बजारसंग गाँसिएको उद्योग–व्यवसाय । दुरी र लागत घटाउने पुर्वाधार ।
४. हाम्रो बसोबास – स्वच्छ पानी, हावा र खुला मैदानसहितका सुरक्षित बस्तीहरुको संजाल । स्थानीय रोजगारी र आम्दानी, सबैलाई गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षा र सम्मान । नेपाली गाउँको मौलिक चरित्र झल्काउने आधुनिक नगरीकरण ।
५. व्यवस्थाको प्रश्न – सत्तरी वर्षको संघर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना । मौलिक हक र विधिको शासनको प्रत्याभुति । भ्रष्टाचार विरुद्ध कठोर संघीय स’शासन । बारम्बार नयाँ प्रयोगको निरुत्साहन, निरन्तर क्रमिक सुधारको मार्ग प्रशस्त गर्ने पद्धति ।
६. सामाजिक–धार्मिक सद्भाव – समाजका हरेक समुहबीच सहकार्य । सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको संरक्षण । सामाजिक पुँजीको जगमा सामुदायिक विकास ।
७. परराष्ट्र सम्बन्ध – नेपालको अखण्डता र स्वाभिमानको रक्षा । बलियो अर्थ–कुटनीतिक अभ्यास । भाईचारामा आधारित असंलग्न नीति । बिभिन्न ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रवर्द्धन ।
जय नेपाल
२०७७ श्रावण २६