- शंकर पोखरेल
राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बन्न पुगेको छ ।
किनकी बहुमतको वामपन्थी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजरानास्वरुप यस चुनावमार्फत प्रचण्ड र माधव नेपालहरूले आफ्नो दलीय हैसियतभन्दा अतिरिक्त लाभ हासिल गरेका छन् ।
तर पनि यस निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारले गठबन्धनको मतभारभन्दा कम मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले) का अधिकांश उम्मेदवारले आफ्नो दलीय भोटभन्दा बढी मत प्राप्त गर्न सफल भएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिहरूको अतिरिक्त भोट नेकपा (एमाले) का उम्मेदवारलाई प्राप्त भएको छ । यसबाट स्थानीय तहलाई कमजोर बनाउने गठबन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ ।
गठबन्धनका अन्य उम्मेदवारको तुलनामा नेपाली कांग्रेसका उम्मेदवारले सबै प्रदेशमा कम भोट पाएका छन् ।
पाँच दलीय गठबन्धनको मोर्चावन्दीका बीचबाट प्रदेश १ मा नेकपा (एमाले) का एक जना उमेदवारले विजय हासिल गरेका छन् । एक जना बराबरी मत आएर गोलाबाट पराजित भएका छन् ।
यस निर्वाचनपछि पनि राष्ट्रियसभामा नेकपा (एमाले) पहिलो दलको हैसियतमा कायम छ ।
अब हुने सबै निर्वाचन प्रत्यक्षहुने भएकोले गठबन्धन कमजोर हुने र नेकपा (एमाले) थप सुदृढ हुने आधार समेत यस निर्वाचनले संकेत गरेको छ ।
परिणाम प्रतिकुल हुने निश्चित जस्तै रहेको अवस्थामा पनि उत्साहपूर्वक नेकपा (एमाले) का उम्मेदवारका पक्षमा मतदान गर्ने सबै जनप्रतिनिधिहरूलाई हार्दिक धन्यवाद ।