ओमिक्रोन सुरु भएपछि तपाईंलाई रुघा, खोकी, ज्वरो, शरीर दुख्ने, स्वर भासिने, घाँटी दुख्नेमध्ये २-३ लक्षण देखिएका थिए ? छन् ? यदि छ भने तपाईंलाई ओमिक्रोन भएको सम्भावना ७५ प्रतिशत हुनसक्छ ।
हामी अधिकांश व्यक्ति थाहा भएर वा नभएर पनि संक्रमित भएका हुनसक्छौँ । बाँकीलाई पनि ओमिक्रोनले नछोड्लाजस्तो छ । ओमिक्रोन जसरी आयो, त्यसैगरी छिट्टै जाँदैछ ।
भारतमा कोरोनाको तेस्रो लहर घट्दोक्रममा छ । नेपालमा पनि २ हप्तापछि घट्दै जानेछ । गम्भीर खालका दीर्घबिरामीको मृत्युदर केही बढ्ने देखिन्छ ।
बेलायत, डेनमार्क, स्वीडेन, सिंगापुर, भारतलगायतका देशमा ओमिक्रोनका BA 1, BA 2 प्रजाति फेला परेका छन् । ती प्रजाति पनि द्रूतगामी भएको बताइएको छ । तर घातक निकै कम भएको विश्वास गरिएको छ । त्यस्तै कतिपय ठाउँमा डेल्टा र ओमिक्रोनको मिश्रित म्युटेसन भएको आशंकामा अध्ययन भइरहेको छ ।
फाइजर, एस्ट्राजेनेका लगायतले ओमिक्रोनसम्मका प्रजाति मिलाएर बनाएको नयाँ खोपको ट्रायल गर्दैछन् । यो खोप खास बुस्टर खोप हुनेछ ।
हाम्रो संक्रमणको मुहान भारतमा संक्रमण घट्दो क्रममा गएपछि नाइट कर्फ्यु, बिदाको दिनका लकडाउन, जोरबिजोर सबै हटाइएको छ । हामी पनि मापदण्ड पालना गरेर जनजीवन सहज र नर्मल तुल्याउने बाटोमा जानुपर्दछ ।
सरकारले जनचेतना तथा अनुगमनमा राम्रोसँग काम गर्ने तथा अपग्रेड भर्सनका खोपसहित नर्मल खोप सबै नागरिकलाई लगाउने हो भने नर्मल लाइफ सम्भव छ ।
कोरोना महामारीले गरेका क्षतिबाट हामी उठ्नु तथा उन्नत तरिकाले अघि बढ्नु पर्दछ ।
खोप र मास्कका दुई पांग्रा बलिया भए जनजीवन सहज हुन कठिन छैन । डरको खेतिपाती नगरौँ ।
फेसबुकबाट