चौथो राष्ट्रिय महाधिवेशनमा नयाँ जनवादमा बहुदलीयतालाई अंगिकार गर्ने निर्णय । सोही नीतिअनुरुप संयुक्त जनआन्दोलनका माध्यमबाट पञ्चायतको अन्त्य ।
पाँचौँ राष्ट्रिय महाधिवेशनमा नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवाद अत्यधिक बहुमतबाट स्वीकृत । २०५१ सालमा क्रान्तिपूर्व कम्युनिष्ट नेतृत्वको सरकारको अवधारणा सार्थक बन्यो । कमरेड मनमोहन अधिकारीको नेतृत्वमा सरकार गठन ।
छैटौँ राष्ट्रिय महाधिवेशनमा जबजको आवधारणाका आधारमा क्रान्तिपूर्वको सरकारको समयमा पार्टीले अवलम्वन गर्ने कार्यनीतिका रूपमा शक्ति सञ्चयको कार्यनीति तयार ।
छैटौँ राष्ट्रिय महाधिवेशनमा जनताको बहुदलीय जनवाद कार्यक्रम मात्र नभएर नेपाली क्रान्तिको नेतृत्वकारी विचार रहेको मान्यता स्थापित ।
सातौँ राष्ट्रिय महाधिवेशनमा जबजको मान्यतामा आधारित अध्यक्षात्मक प्रणालीको प्रस्ताव प्रस्तुत र स्थगन । सोही महाधिवेशनमा संविधानसभा र राज्यको पुनर्संरचना सम्बन्धी फरक मतको प्रस्ताव प्रस्तुत र अस्वीकृत । तर सातौँ केन्द्रीय कमिटीको नवौँ बैठकवाट उपरोक्त मान्यता अनुमोदित ।
आठौँ राष्ट्रिय महाधिवेशनमा पार्टी निर्माण सम्बन्धी जबजको अवधारणा पार्टी जीवनको लोकतान्त्रीकरणको मान्यताका रूपमा अनुमोदित र सोही अनुसारको वैधानिक व्यवस्था निर्माण । अन्य राजनीतिक दलहरूमा उक्त मान्यताको प्रत्यक्ष प्रभाव स्थापित ।
आठौँ राष्ट्रिय महाधिवेशनबाटै जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको सिद्धान्तका रूपमा स्थापित ।
नवौँ राष्ट्रिय महाधिवेशनमा जबजको मान्यताको आधारमा २०६२/२०६३ को ऐतिहासिक जनआन्दोलन सफल भएको र २०४७ को संविधान उपरको २७ बुँदे असहमति पुनर्स्थापित प्रतिनिधिसभाको ऐतिहासिक घोषणा मार्फत अनुमोदित भएको निष्कर्ष ।
सोही अधिवेशनवाट जनताको बहुदलीय जनवादको सान्दर्भिकता नेपाली राजनीतिमा अपरिहार्य रहेको निष्कर्ष ।
दसौँ राष्ट्रिय महाधिवेशनमा जबजको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने नीति अनुरुप समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा र संकल्प अनुमोदित ।
आसन्न एघारौँ महाधिवेशनमा जबजको मार्गदर्शनमा परिपूर्ण लोकतन्त्र र नेपाली विशेषताको समाजवाद निर्माणको आधार तयार गर्ने कुरामा छलफललाई केन्द्रित गरौँ । फेसबुकबाट