- मीना ढकाल
जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भए पनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसँग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिन्दुरको ऋणी भएकी थिएँ ।
तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु । केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।
भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरि पनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आज पनि म तिमीलाई उत्तिकै सम्मान गर्छु र माया गर्छु । आज तिमी आईसियुमा उपचारारत छौ भन्ने समाचारले मलाई वि़क्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भए पनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ ।
म तिम्रो सुस्वास्थ्यको लागि भगवानसँग प्रार्थना गर्दछु । तिम्रो जिवनसँग मेरा दुई सन्तान पनि जोडिएका छन् । तिमी ठिक छौ र त उनीहरु ढुक्क छन्, सुरक्षित छन् । छुट्टै भए पनि टाढै भए पनि तिम्रो सलामतिले मात्रै मेरा सन्तान सलामत छन् - म यो रियलाईज गरिरहेछु ।
मेरो प्रार्थना सुन्छन् भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु ।
मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होईनौ- मैले बिसौँ तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रति़क्षामा छन् ... । तिमी र म बीच जस्तासुकै ब्यबहारिक बेमेल भए पनि तिम्रो जिवन मेरो लागि महत्वपूर्ण छ- हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ !
उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गीनी !!
मीना ढकालको फेसबुक स्टाटसबाट ।