काठमाडौं । ३ महिनाअघि हात्तीको गढ मानिने दक्षिण अफ्रिकाको बोत्स्वानामा कम्तिमा ३ सय ५० वटा हात्ती मरेको समाचार आयो ।
यति ठूलो संख्यामा हात्तीहरू किन मरे ? यस बारेमा त्यससमय कसैले पनि यकिनका साथ भन्न सकेनन् ।
अहिले आएर भने त्यति ठूलो संख्यामा हात्ती मर्नुको कारण खुलेको छ । अनुसन्धानकर्ताहरूले पानीमा रहेको साइनोब्याक्टेरियाका कारण त्यति ठूलो संख्यामा हात्तीहरूको मृत्यु भएको जनाएका छन् ।
जुलाई २ आसपा सबोत्स्वानाको जंगलमा सयौं हात्तीको शव (लास) देखिएको थियो । त्यसयता बोत्स्वाना सरकार हात्तीको मृत्युको कारणको खोजीमा जुटेको थियो ।
यो दृष्य यति चिन्ताजनक थियो भन्ने कुरा गार्जियनलाई डाइरेक्टर अफ कन्जर्भेसन एन नेसनल पार्क रेस्क्यु डा. नील म्याकेनले त्यसबखत भनेको कुराले प्रष्ट हुन्छ ।
म्याकेनले त्यसबेला भनेका थिए कि उनले त्यसअघि यति ठूलो संख्यामा प्राकृतिक रूपमा हात्तीको मृत्यु भएको कहिल्यै देखेका थिएनन् ।
म्याकेनले अगाडि भनेका थिए, यस्तो मृत्यु खडेरीको समयमा हुन सक्थ्यो । तर अहिले त पानी पर्याप्त छ । म्याकेनले त्यसबेला सरकारले गर्ने ल्याब टेस्टको प्रतिक्षा गर्न भनेका थिए ।
यो विषयले सामाजिक सञ्जालहरूमा व्यापक चर्चा पाएको थियो ।
जुलाईमा हात्तीको स्याटालाइट तस्बिर सार्वजनिक भएको थियो, जसमा जंगलमा चारैतर्फ हात्तीको मृत शरीर देखिन्थ्यो ।
हात्तीको यस प्रकारको रहस्यमयी मृत्युको कारण मे महिनादेखि सार्वजनिक भएको थियो । त्यसपछि यो शिलशिला चलि नै रह्ये र जुनको अन्त्यसम्म कम्तिमा ३ सय ५० हात्तीको मृत्यु भयो ।
डिपार्टमेन्ट अफ वाइल्डलाइफ एन्ड नेसनल पार्कका डेपुटी डाइरेक्टर सिरिल ताओलका अनुसार उत्तरी बोत्स्वाना तथा ओकाब्यांग डेल्टामा ३ सय ५० भन्दा बढी हात्तीको लास सडेगलेको अवस्थामा भेटिएको थियो ।
हात्तीको पहिलो रहस्यमयी मृत्यु मे महिनामा भएको थियो । त्यसपछि सो क्षेत्रमा डेल्टामा १ सय ६९ हात्तीको मृत्यु भएको थियो । जुनको मध्यसम्ममा यो संख्या दोब्बरभन्दा बढी भएको थियो । जसमध्ये ७० प्रतिशत हात्तीको मृत्यु जलस्रोतको आसपास भएको थियो ।
डेपुटी डाइरेक्टर सिरिलका अनुसार पानीमा साइनोब्याक्टेरिया थियो । जसका कारणले उत्पन्न भएको प्वाइजन (विष ?) का कारण हात्तीको मृत्यु भयो ।
कारण जे सुकै होस्, तर यतिधेरै हात्ती एकै पटक मर्नु चिन्ताजनक कुरा हो ।
एजेन्सीहरूको सहयोगमा ।
(तस्बिर स्रोत: १, २, ३, ४, ५)