काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी विश्वभरमा बढीरहेको छ । यो महामारी कहिले अन्त्य हुने हो भन्ने यकिनका साथ भन्न सकिने स्थिति अहिलेसम्म बनिसकेको छैन ।
महामारीको नियन्त्रणका लागि चिकित्सा क्षेत्र यसको भ्याक्सिन बनाउन जुटिरहेको छ । त्यसका लागि ठूलठूला अनुसन्धानहरू भएका छन् ।
उता त्यस्तो अनुसन्धानका क्रममा एक समुद्री जीव सार्क नै लोप हुने पो हो कि भन्दै संरक्षणविद्हरूले चिन्ता प्रकट गर्न थालेका छन् ।
कोरोना भाइरसको भ्याक्सिन बनाउनका लागि सार्कको सिकार भइरहेको भन्दै जीवविज्ञहरूले चिन्ता प्रकट गरेका छन् ।
उनीहरूले विश्वभरका करिब एक लाख ५० हजारभन्दा बढी सार्क मारिन सक्ने भन्दै चिन्ता प्रकट गरेका छन् ।
सार्कको लिबरमा बन्ने एक महत्वपूर्ण चिल्लो पदार्थ (तेल ?) स्क्वालिनको लागि सार्कहरू मारिइरहेका छन् । सार्कको यही तेलको उपयोग गरेर कम्पनीहरूले कोरोना भाइरसको भ्याक्सिन प्रभावकारी बनाउने प्रयत्नमा छन् ।
यद्यपी अहिलेसम्म सार्कको तेलबाट बनाइएको कोरोनाको भ्याक्सिन प्रभावकारी भएको प्रमाणित भइसकेको छैन । तर, सार्क संरक्षाणको क्षेत्रमा काम गर्दै आएको सार्क एलाइज चिन्ता प्रकट गरेको छ ।
एलाइजको दाबी छ, यदि दुनियाभरका मानिसलाई त्यस प्रकारको भ्याक्सिन लगाउने हो भने २ लाख ४० हजारभन्दा बढी सार्क मारिन सक्छन् ।
अझ केही विज्ञहरूले भने एलाइजले गरेको दावी अत्यन्तै कम हो । कोरोनाबाट बँच्नका लागि मानिसलाई कोरोना भ्याक्सिनको दुई डोज दिनुपर्ने हुनसक्छ । यस हिसाबले सबैलाई सार्कको तेलबाट बनेको भ्याक्सिन लगाउने हो भने कम्तिमा ५ लाख सार्क मार्नुपर्ने हुनसक्छ । जसले हाम्रो समुद्री पर्यावरणलाई धारासायी बनाउँछ ।
सार्क एलिजका संस्थापन तथा कार्यकारी निर्देशक स्टेफनी ब्राडलले भनेका छन्, कुनै पनि जनाबारबाट कुनै पनि वस्तु प्राप्त गर्नु दीर्घकालीन उपाय होइन । सार्क समुद्रको चरम सिकारी जीव हो ।
उनी भन्छन्, यसको प्रजनन पनि न्यून संख्यामा हुन्छ । यो महामारी कहिलेसम्म चल्छ यकिनका साथ भन्न सकिने अवस्था छैन । यदी सार्कको यही रूपमा सिकार हुँदै गए एक दिन यस्तो पनि आउन सक्छ जुन दिन समुद्रमा सार्क नै हुने छैन ।
सार्कको संरक्षणमै क्रियाशिल एक अर्को संस्थाले भनेको छ कि हामीले यसको विरोध गरेर भ्याक्सिन बनाउने प्रकृयालाई नै अवरूद्ध पारेका या पार्न खोजेका होइनौं ।
संस्थाले अगाडि भनेको छ, हाम्रो उद्देश्य यति मात्र हो कि सार्क या अन्य जनावरको हत्या नहोस्, त्यसका लागि यस्तो तरिकाको खोजी होस् जसले हाम्रो पर्यावरणलाई बचाउन सक्छ ।