इन्टरनेटको मालिक को हो ? इन्टरनेटले हाम्रो जीवन यसरी परिवर्तन गरिदिएको छ कि आज हामी इन्टरनेट बिनाको जीवन कल्पना गर्न नसक्ने भएका छौँ ।
के तपाइँले कहिल्यै यो सोच्नुभएको छ कि हामीले प्राप्त गरेको इन्टरनेटको स्रोत के हो ? के तपाइँले कहिल्यै यो सोच्नुभएको छ कि जुन इन्टरनेटको उपयोग विश्वभरका मानिसले गरिरहेका छन्, त्यसको मालिक को हो ?
यो धेरै गहिरो सवाल हो । जुन इन्टरनेटको उपयोग दुनियाभरका मानिस गरिरहेका छन् त्यसको मालिक त सर्वाधिक धनी व्यक्ति हुनु पर्ने हो । किनकी इन्टरनेटबिना धेरै कुरा अधुरा रहन्छन् । यस्तोमा इन्टरनेटका मालिक सबैभन्दा धनी नभइरहन कसरी सक्छ ?
के हो इन्टरनेट ?
इन्टरनेटको पूरा रूप interconnected networks हो । यो Web Server Worldwide को एक विशाल नेटवर्क हो । त्यसैले यसलाई world wide web को नामबाट पनि चिनिन्छ । सामान्यतया यसलाई web को नामले चिनिने गरिन्छ । यो एक यस्तो नेटवर्क हो जुन दुनियाभरका सर्भरसँग जोडिएको छ ।
इन्टरनेट एक यस्तो विश्वव्यापी नेटवर्क हो जसले विश्वभरका कम्प्युटरलाई एक सिस्टममा जोड्दछ । इन्टरनेटमा थुप्रै उच्च ब्यान्डविथ समावेश हुन्छन्, जसलाई इन्टरनेटको ब्याकबोन पनि भनिन्छ । यो एक अत्यन्त व्यस्त कम्युटर नेटवर्क हो ।
आजको सूचना प्रविधिको दुनियाँमा इन्टरनेट पूर्ण रूपमा आधुनिक प्रणाली हो । इन्टरनेटमा विश्वभरका सूचना आदन-प्रदान हुन्छन् ।
इन्टरनेट interconnected networks को एक विशाल सञ्जाल हो, जसले एक-अर्कासँग जोडिइ रहनका लागि standardized communication protocols को प्रयोग गर्दछ । इन्टरनेटले एक कम्युटरबाट अर्को कम्युटरसँग TCP/IP Protocol का माध्यमबाट सम्बन्ध स्थापित गर्दछ । राउटर तथा सर्भरका माध्यमबाट इन्टरनेटले दुनियाँभरका कम्युटरलाई आपसमा जोड्दछ ।
इन्टरनेटको मालिक को हो ?
इन्टरनेटको मालिक हामी सबै हौँ, र कोही पनि होइन । वास्तवमै भन्ने हो भने कुनै एक व्यक्ति या संगठन इन्टरनेटको मालिक होइन । कसैले पनि पूर्ण रूपमा इन्टरनेट नियन्त्रण गर्दैन ।
इन्टरनेट वास्तविक एक इकाइ (tangible entity) हुनुको सट्टा यो एक अवधारणामा आधारित छ । यो एक भौतिक संरचनामाथि निर्भर हुन्छ जसले नेटवर्कलाई एक-अर्कासँग जोड्दछ ।
वास्तवमा हेर्ने हो भने सैद्धान्तिक रूपमा इन्टरनेटमाथिको स्वामित्व ती सबै व्यक्तिको हुन्छ जसले प्रत्यक्ष या अप्रत्यक्ष रूपमा यसको प्रयोग गर्दछन् ।
कहाँबाट आउँछ इन्टरनेट ?
साधारण शब्दमा भन्नुपर्दा इन्टरनेट एक यस्तो माध्यम हो जसले हाम्रो काममा मद्दत गर्दछ । यदि हामी कसैलाई सन्देश पठाउन चाहान्छौँ, या हामी कुनै ब्लग या आर्टिकल पढ्न चाहन्छौँ भने पनि हामी इन्टरनेटको प्रयोग गर्दछौँ ।
यी सबै कामका लागि इन्टरनेटले अर्को सर्भरलाई सन्देश दिन्छ । यो सन्देश सर्भरमा पुग्नासाथ सर्भर उक्त सन्देशलाई स्वीकार गर्दछ । र, जुन विषय वा प्रसँगमा सन्देश पठाइएको थियो त्यसको परिणाम कम्प्युटर, मोबाइल, ल्यापटप या यस्तै उपकरणमा तुरून्त देखाउँछ ।
इन्टरनेटको आविस्कार कसले गरेको हो ?
इन्टरनेटको आविस्कार कुनै एक व्यक्ति विशेषले गरेको नभइ यसको निर्माणमा धेरै वैज्ञानिक तथा ईन्जिनियरको योगदान छ । अमेरिकाले दोस्रो विश्वयुद्धको समयमा एक खास टेक्नलोजी निर्माणका लागि एडभान्स रिसर्च प्रोजेक्टस् एजेन्सी (एआरपीए) नामक एजेन्सीको स्थापना गरेको थियो । यो टेक्नलोजीको सहयोगमा एक कम्प्युटरबाट अर्को कम्प्युटरसँग सम्बन्ध स्थापित गर्न सकिन्थ्यो ।
यो एजेन्सीले विकास गरेको टेक्नलोजीलाई आफ्नो नाममा अर्पानेट (ARPANET) राख्यो । पछि यो टेक्नलोजीको नाम परिवर्तन गरी इन्टरनेट राखियो । भिन्टन सेर्फ (Vinton Cerf) र रोबर्ट कान (Robert Kahn) ले जब TCP/IP Protocol को आविस्कार गरे तब यो टेक्नलोजीमा एक महत्वपूर्ण मोड मिल्यो ।
इन्टरनेटका संस्थापक को हुन् ?
हाम्रो मनमा उठ्ने एउटा कुरा के पनि हो भने इन्टरनेटको मालिक दुनियाँको सबैभन्दा धनी व्यक्ति हुनुपर्ने हो । यो कुरा वास्तवमै सत्य हो कि यदी कोही इन्टरनेटको मालिक हुन्थ्यो भने उ दुनियाको सबैभन्दा धनी व्यक्ति हुन्थ्यो । तर, इन्टरनेटको मालिक कोही होइन ।
इन्टरनेट न कुनै व्यक्तिसँग सम्बन्धित छ न त कुनै देश, सरकार, निजी संस्थासँग नै सम्बन्धित छ । यसो पनि भन्न सकिन्छ- इन्टरनेट पूर्ण रूपमा मुक्त प्रविधि हो जसमाथि कुनै एक देशको आधिपत्य छैन ।
अब यो प्रश्न आउँछ कि इन्टरनेट कसले चलाउँछ (अपरेट गर्छ) ? इन्टरनेट ३ टीआर (3 TR) द्वारा व्यवस्थित हुन्छ । टीअर १ मा ती कम्पनी आउँछन् जसले समुद्रमुनि सबमरिन केबल (sabmarine cable) बिछ्याएका छन् । यी केबलका माध्यमबाट इन्टरनेट एक डिभाइसलाई अर्को डिभाइससँग जोड्दछ । यी केबलका माध्यमबाट सबै डाटा एक स्थानबाट अर्को स्थानमा जान्छन् । यस्ता कम्पनी अन्तर्राष्ट्रिय स्तरमा काम गर्दछन् ।
टीआर २ मा ती कम्पनी आउँछन् जो टीआर १ बाट कम शुल्कमा इन्टरनेट खरिद गरेर बढी पैसामा टीअर ३ लाई बिक्री गर्दछन् । यस्ता कम्पनी राष्ट्रिय स्तरमा काम गर्दछन् ।
टीआर ३ मा ती कम्पनी आउँछन् जो टीआर २ सँग कनेक्सन लिएर इन्टरनेट प्रयोगकर्तासम्म पुर्याउँछन् ।
हिन्दीमे डटकमबाट साभार